काश्मिर हमलाको जवाफः भारतले पाकिस्तानमा छिरेर गर्यो हमला, हजार किलो बम बर्सायो

दिल्ली, १४ फागुन । भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ ।

भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

कारवाही आशा गरेभन्दा ठूलो’

जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीमा भने, ‘यदि यो कुरा साँचो हो भने यो सानो हमला होइन । यो हामीले आशा गरेभन्दा ठूलो हो ।’

 

Related articles

J-K: कुलगाम में जवानों ने 3 आतंकियों को उतारा मौत के घाट, ऑपरेशन में DSP शहीद

कशमीर, १२ फागुन । कुलगाम में सुरक्षा बलों और आतंकियों के बीच मुठभेड़ हो रही है. इसमें अब तक तीन आतंकियों को मार गिराया गया है, जिनमें से एक का शव बरामद हो चुका है. जबकि फायरिंग में एसओजी के एक डीएसपी की शहादत भी हुई है. शहीद अमन ठाकुर जम्मू कश्मीर के कुलगाम में […]

बाबा वर्दगोरियामा तिजको अवसर साता ब्यापी मेला लाग्ने

भुमही,३१ श्रावण । पर्यटकिय तथा पुरातात्कि धार्मिक स्थल बाबा बर्गगोरियामा साता ब्यापी मेलाको आयोजना हुने भएको छ । सुनवल नगरपालिकाको भुमहीमा रहेको बाबा बर्दगोरियामा तिजको अवसरमा मेला लाग्ने हुदा अहिले नगरपालिकाले सो स्थानको महत्व झल्काउनका लािग साता ब्यापी मेलाको आयोजना गर्न लागेको हो । यस बर्ष हरितालिका तिजको अवसरमा एक साता देखी मेला लगाउने योजना […]