परासी, १३ फागुन । पश्चीमी नवलपरासीमा बनकाे अवस्था दयनिय बन्दै गएकाे छ । एका तर्फ जिल्ला दुइ जिल्लामा विभाजित भएपिछ बनकाे क्षेत्र घटेकाे छ भने अर्काे तर्फ बन संरक्षणकाे अभावमा अतिक्रमण हुदै बिनाश हुदै गएकाे छ । बनकाे लागातार विनाशले बनकाे क्षेत्रमा कमी अाए संगै बन विस्तारमा कसैकाे ध्यान पनि पुगेकाे पाइएकाे छैन । जिल्लाको पुर्वि भाग नवलपुरमा अधिकाँश बन क्षेत्र रहेको र सो क्षेत्र प्रदेश नं.४ मा गए पछि पश्चिमी नवलपरासीमा बन क्षेत्र अति न्युन भएको डिभिजन बन कार्यालयले जनाएको हो ।
तराई मधेशको भाग पर्ने भए पनि पश्चिमी नवलपरासीको भागमा बन अति न्युन भएर गएको डिभिजन बन कार्यालयका सहायक बन अधिकृत प्रशुराम पौडेलले जनाए । जनसंख्याको अनुपातमा जिल्ला बाडिए पनि प्राकृतिक स्रोत बन क्षेत्र धेरै भाग पुर्वि नवलपरासीमा परेको हालै गरिएको सर्वेक्षण तथ्याँकले देखाएको उनले बताए । यति न्युन बन क्षेत्र हुनु अझ बन पैदावार झन कम भएर जादा बन पैदावारको हिसाबले अवस्था चिन्ता जनक नै रहेको छ, उनले भने, पुर्वि भागमा रहेका ९ वटा स्थानिय तह मध्ये सबै तहमा राष्ट्रिय मापदण्डले तोकेको कुल भुभागको ४० प्रतिसत भुभाग भन्दा बढि नै बन क्षेत्र रहेको छ । त्यसको तुलनामा पश्चिमी नवलपरासीको ७ वटा स्थानिय तह मध्ये वर्दघाट,सुनवल नगरपालिका तथा सुस्ता गाउपालिका बाहेक अन्य तहमा बन क्षेत्र सुन्य सरह नै रहेको देखिएको छ ।
पश्चिमी नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा कुल क्षेत्रको ०.२० प्रतिसत र प्रतापपुर गाउपालिकामा ०.०९ प्रतिसत तथा रामग्राम नगरपालिकामा ०.५१ प्रतिसत बन क्षेत्र देखिदा यि तिन तहमा बन क्षेत्र सुन्य प्रतिसतमा छ । त्यसै गरि वर्दघाट नगरपालिकामा ५३.४७ प्रतिसत सुनवल नगरपालिकामा ५९.६० प्रतिसत,सुस्ता गाउपालिकामा १४.६६ प्रतिसत र सरावल गाउपालिकामा १०.२१ प्रतिसत बन क्षेत्र रहेको छ । डिभिजन बन कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार कुल बन क्षेत्र २ सय १९ दशमलव २४ बर्ग किलोमिटर रहेको छ ।
त्यसैगरि खेतीयोग्य नम्बरी अवादी बाहेकका गैर बनक्षेत्र(पर्ति,खोला नाला किनार,कुला,पोखरी,जलायस,सिमासर जस्ता) ५ सय १४ दशमलव ४८ बर्ग किलोमिटर क्षेत्रफल रहेको छ । बन र गैर बन क्षेत्र गरि कुल ७ सय ३३ दशमलव ७२ बर्गकिलोमिटर क्षेत्रफल रहेको देखिन्छ । अहिले जिल्लाकै सबै भन्दा ठूलो बन ब्लक १ हजार ७ सय हेक्टरको बुद्ध शान्ति साझेदारी बन क्षेत्र मात्र देखिएको छ ।
गैर बन क्षेत्रलाई ब्यवस्थित गर्दै त्यसमा बन विकास गर्न सकेमा बन क्षेत्रको विस्तार गर्न सकिने अवस्था रहेको सहायक बन अधिकृत पौडेलले जनाए । स्थानिय तहले आफ्नो बन नीति बनाएर प्रदेश सरकार तथा संघिय सरकारसंग समन्वय गरि बन विकासका लागि ति गैर बन क्षेत्रमा वृक्षारोपण गर्दै सामुदाय परिचालन गर्ने र सामुदायिक बनको रुपमा विकास गर्न सके बन क्षेत्रको विकास हुने र बन पैदावार आपुर्तिलाई समेत टेवा मिल्ने अधिकृत पौडेलको भनाई रहेको छ । उनले उपलब्ध गराएको तथ्याँक अनुसार पुर्वि नवलपरासीमा ७ सय ३० दशमवल ९४ बर्ग किलोमिटर बन क्षेत्र र ४ सय ३२ दशमवल ६२ बर्गकिलोमिटर गरि कुल १ हजार १ सय ६३ बर्ग किलोमिटर बन क्षेत्र रहेको छ ।
अझ स्थानिय तह अनुसार हेर्ने हो भने,विनयीत्रिवेणी गाउपालिकाको कुल भुभागको ७२.२३ प्रतिसत,बुलिगँटार गाउपालिकामा ५३.४७ प्रतिसत,बुदिँकाली गाउपालिकामा ५४.७६ प्रतिसत,देउचुली नगरपालिकामा ६१.१८ प्रतिसत,गैडाकोट नगरपालिकामा ६६.१८ प्रतिसत हुप्सेकोट गाउपालिकामा ६२.३२ प्रतिसत,कावासोती नगरपालिकामा ४०.२० प्रतिसत र मध्यविन्दु नगरपालिकामा ६७.९७ प्रतिसत बन क्षेत्र रहेको छ । त्यसबाहेक पनि पुर्वि नवलपरासीमा ९४.८१ बर्गकिलोमिटर चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ति भाग पनि पर्ने हुदा बनक्षेत्र अझ बढेर गएको देखिन्छ ।
राष्ट्रिय मापदण्डले तोकेको भन्दा बढि नै बन क्षेत्र पुर्वि नवलपरासी रहेको हुदा बन स्रोत सम्पन्न स्थानिय तह देखिएको बन अधिकृत पौडेलले जनाए । पुर्वि नवलपरासीमा भएको बन संरक्षण गरिदिए प्रयाप्त छ, उनले भने, अझ सबै स्थानिय तहमा गैर बन क्षेत्र पनि प्रयाप्त मात्रामा छन् । ति गैर बनक्षेत्रमा बन विस्तार गर्ने अवस्था पनि रहेको छ । तर पश्चिमी नवलपरासीमा बन क्षेत्र घटेर जादा प्राकृतिक बन स्रोतमा कमजोर भएर गएको छ ।
स्थानिय तहलाई स्थानिय सरकारको रुपमा चिनिने हुदा स्थानिय सरकारले आफ्नो क्षेत्रमा सन्तुलित विकास र वातावरणको संरक्षण सम्बन्धि नीति बनाएर अगाडी बढनु पर्ने देखिएको छ । पश्चिमी नवलपरासीले पहिलो चरणमा गैर बन क्षेत्रमा ब्यापक वृक्षारोपण गरि बन क्षेत्रको विस्तार गर्ने हो भने बन क्षेत्र बढाउन सक्ने अवस्था छ, अधिकृत पौडेलले भने, अझ नम्बरी अवादीलाई पनि कृषि बन,निजी बनमा अनुदान थपेर कृषकलाई बढावा दिए बन क्षेत्र विस्तार गर्न सक्छ । त्यसका लागि डिभिजन बन कार्यालयले स्थानिय तहसंग मिलेर काम गर्न तयार रहेको उनले बताए ।