परासी, १३ फागुन । तीन बर्षमा सम्पन्न हुने पुल ९ बर्ष वित्न लाग्दापनि पुल बन्न नसकेपछि स्थानिय चिन्तित बनेका छन् । नदीमा बाढि आउने समय फेरि आउन थाल्यो तर कछुवाको गतिमा भैरहेको पुल निर्माण कार्य यस बर्षपनि नसकिएला भनि स्थानियमा चिन्ता समाएको छ । सुख्खा यामममा नदीमा थोरै पानीले यात्रीलाई आवत जावत गर्न केहि सहज भएपनि बर्षाको बेला कमपानीमा जोखिम पुर्ण यात्रा डुङ्गा चढने र ठुलो बाढीमा आवत जावत नै ठप्प हुने गरेको स्थानिय हरिराम यादवले दुखेसो पोखे ।
पुल बनी रहेको नदी चुरे पहाड भई बगेको पानभार खोलाहुदै तल झरही नदीको रुपमा परिचित छ । उक्त झरही नदीमा बन्न लागेको पुल ९ बर्ष वित्न लाग्दा अझै पुल बन्न सकेको छैन । अधुरो पुलका कारण बर्षायाममा स्थानिय जनताहरु नजिकै रहेको महेसपुर बजार, भारतीय ठुठिबारी बजार, र सो क्षेत्रमा आवत जावत गर्न कठिनाई हुने गरेको बताउछन् । पुल नबन्दा बर्षा समयमा स्थानिय विद्यार्थीहरु पनि डुंगा चढेरै विद्यालय जाने गरेको स्थानिय यादवले बताए ।
बि.सं २०६६ सालमा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री बिजय कुमार गच्छदारले ३ वर्षमा निर्माण हुने गरि सो पुलको शिलन्यास गरेका थिए । तर ठेकेदार कम्पनीको लापरवाहीले ८ बर्षमा पनि पुल बन्न सकेन । यसबर्षपनि पुल सम्पन्न हुने कुनै सम्भावना देखिएको छैन । जिल्लाको भुताहांदेखि महेशपुर सडकखण्ड अन्तर्गत बडसार गाउँ स्थित झरही नदिमा पर्ने उक्त निर्माणाधिन पुल १ सय २५ मिटर लम्बाई र ७ मिटर चौंडाई रहेको छ ।
लुम्बिनी गुलिभर शितल चन्द्र जेभीले करिब ७ करोडमा पुल निमार्ण गर्ने ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले कहिले भुकम्पको नाउमा त कहिले नाकाबन्दी, बर्षा र बिभिन्न आम हडतालको बहानामा उक्त पुलको निर्माण कार्य ढिलो भएको सफाई दिन्छ । अहिले निर्माणाधिन पुलको काम पनि कछुवाको गतिमा छ २ महिनामा फेरि बाढी आउन थाल्छ अनि काम ठप्प हुन्छ बर्षेनी यस्तै रवैया ठेकेदारको रहेको स्थानिय बताउछन् ।
ठेकेदार कम्पनीले नदीको दुबै साईडबाट बिच नदीसम्म पिलड ठडयाई पुल बनाएपनि अझै बिच नदीको मुख्य पिडल र ढलान भने बाकी नै रहेको छ । पुलमा ४० प्रतिशत कार्य हुन बाकी देखिएको छ जुन यसैबर्ष सम्पन्न हुने सम्भावना कम देखिएको छ ।