बुटवलको अमरपथमा आगलागी हुँदा लाखौंको क्षति

0
608

बुटवल, १३ फागुन । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथमा गएराति आगलागी भएको छ । विन्ध्यावासिनी फेन्सी पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट आगलागीबाट पसल तथा घरमा रहेका सामानहरु जलेका छन् भने प्रभु बैंकको एटीएम मेसिनमा पनि क्षति पुगेको छ । तर एटिएम मेसिनमा भएको नगद भने सुरक्षित नै छ ।

प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले आगलागीबाट लाखौंको क्षति भए पनि यकिन भइनसकेको बताए । राति १० बजेबाट शुरु भएको आगलागी ५ दमकलको सहायताले दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here