मुस्लिम संघ नवलपरासीद्धारा मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाइयो

0
591


सुस्ता, १२ फागुन । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीले मदारबाबा मेला आएका भक्तजनहरुलाई पानी खुवाएको छ । मेलामा आएका भक्तजनहरु मदारिया डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिक स्थल मजारमा पुग्न पहाड चढने क्रममा संघले तिर्खाका भक्तजनहरुलाई निशुल्क रुपमा सेवा गर्ने उद्देश्यले मिनरल वाटर पानी खुवाएको हुन् ।

यहि फागुन १२ गते आईतबार देखि जिल्लाको सुस्ता गाउँपालिका २ महलबारीमा शुरु भएको मदारबाबा मेलामा तिर्खाएका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेको संघका जिल्ला सभापति करिम खानले जानकारी दिए ।

मेलामा संघका उपाध्यक्ष बद्रि आलम, सचिव आलम खान, सह–सचिव मौलाना सिद्दिक अंसारी, क्षेत्रिय सभापति सफिउल्लाह अंसारी सहित जिल्ला कार्यसमिति सदस्यहरु पानीको स्टल राखी तिर्खाका भक्तजनहरुलाई पानी खुवाई सहयोग गरेका हुन् ।

बर्षेनी कुतुबल मदार शाह दरगाह कमेटीले संचालन गर्दै आएको उक्त मेलामा नेपाल भारतको विभिन्न ठाउँबाट श्रद्धालुहरु आ–आफनो मनोकामना लिएर मेलामा आउने गरेका छन् । मेलामा मनोकामना लिएर आउने श्रद्धालुको मनोकामना पुरा हुने र दुखियाको दुख हरन हुने श्रद्धालुहरुमा विश्वास रही आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here