शैक्षिक गुणस्तरमा शिक्षककाे ध्यान किन पुगेन ? : नेता त्रिपाठी

0
224

परासी १२ फागुन । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ मा रहेको नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शनिवार सफलताको शुभकामना मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शिक्षा क्षेत्रको सम्पूर्ण बजेट पूर्णरूपले विद्यालय र विद्यार्थीहरु माथि खर्च नभएको र त्यसमा मन्त्रालयको कर्मचारी देखि लिएर विभिन्न तामझाममा शिक्षाको विदेशमा तालिम र विदेशको यात्रामा खर्च भएको सांसद त्रिपाठीले बताएका छन ।

सामुदायिक विद्यालयहरु समय अनुसार परिमार्जन हुन नसक्दा र आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नसक्दाले शिक्षामा सोचेजति प्रगति हुन नसकेको बताएका थिए । त्रिपाठीले संसदीय विकास कोषबाट आगामी आर्थिक बर्षमा नित्यानन्द रत्नकुमारी मा.बि. लाई सकल बसको लागि ३० लाख र विद्यालयको अन्य बिकासको लागि २० लाख गरि ५० लाख दिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सांसद त्रिपाठीले स्वर्ण स्तम्भको शिलान्यास समेत गरेका थिए । जहाँ सत्ता छ त्यही नै विकास छ, त्यसकारण नेपालमा विकास गर्नका लागि मागेर केहि पाइदैन खोसेर नै विकासका योजनाहरु ल्याउनु पर्ने बताएका थिए । आफुले धेरै बर्षदेखि माग गर्दा पनि सोचेजस्तो विकास योजना प्राप्त गर्न नसेको भन्दै खोसेरै भए पनि आफ्ना नागरिकहरुको लागि विकासको योजनाहरु ल्याएको त्रिपाठीले बताएका थिए ।

शिक्षालाई नयाँ रुप दिनका लागि पढाउने अभिभावकले चिन्ता गर्ने विद्यार्थीले पढने र शिक्षकले आफ्नो दायित्व पुरा गर्ने समेत त्रिपाठीले आग्रह गरेका थिए । संवरण महोत्सवको शुभकामना दिदै बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालले यो विद्यालयलाई शेक्षिक भौतिक सबै हिसाबले सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदबहादुर चौधरीको अध्यक्षता, सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको थियो भने स्वागत मुल आयोजक समितिका सह संयोजक तुलसीराम न्यौपानेले गरेका थिए । कार्यक्रममा पूर्व प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरुलाई सम्मान तथा कदर प्रमाणपत्र वितरण समेत गरिएको थियो । विद्यालयका प्रअ राजन प्रसाद उपाध्यायले विद्यालयको गतिविधि सहित आर्थिक गतिविधि समेत प्रस्तत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here