नवलपरासीका चिनी मिलमा भारतिय उखुकाे चापले जिल्लाका किसान मर्कामा

0
497

परासी, १०  फागुन । बिचाैलिया मार्फत भारतीय उखुकाे चिनी मिलहरूमा बिगबिगी बढन थालेपछि उखु किसानहरू थप समस्यामा परेका छन्र । यता  पश्चिमी नवलपरासीका तिनै चिनी मिलहरू ढिलाे संचालनमा अाउनु र अर्काे तर्फ सस्ताेमा भारतीय उखुकाे बिगबीगीले उखु किसानहरूकाे उखु ताैल नहुनु र पुर्जी समेत नपाउनु जस्ता समस्याहरू देखिएकाे किसानहरू गुनासाे गर्दछन्र ।

चीनी मिलहरू बिचाैलियाहरूलाइ प्रयाेग गरि सस्ताेमा भारतीय उखु खरिद गर्नाले जिल्लाका किसानहरू थप मर्कामा पर्न थालेकाे उखु किसान युवराज माैर्यले जानकारी दिए । भारतबाट आएको उखुविचौलियाको माध्यम बाट मिल सम्म पुग्ने गरे पनि त्सलाई रोक्नका लागि कसैको ध्यान  पुगेको छैन ।

विचौलियाहरुले रातको समयमा बलिनगर, बौवारे कर्निसवा, बैदौली , बसहिया, रेगैया, लक्ष्मिपुर र भुजहवा नाकाबाट ट्याक्टरमा भारतिय उखु नेपाल भित्राउने गरेका छन् ।  यता किसानको उखु समयमा खरिद गर्न आनाकानी गर्ने मिल संचालकहरु पनि विचौलियाको उखु सहजै खरिद गर्ने गरेका छन् ।

किसानहरु यस बर्ष समयमा क्रसिङ्ग नहुदा खेतमै उखु सुकेर मर्कामा परेका छन् भने गत बर्षको भुक्तानी समेत पाएका छैनन् । मिल संचालकहरुले विचौदियाहरुलाई नै प्राथमिकता दिने गरेका कारण किसानहरुलाई दुःख दिने गरेको किसानहरुको गुनासो छ । सिमा क्षेत्रमा अबैध निकासी रोक्नका लागि खटिएका सुरक्षाकर्मीहरुले समेत बेवास्ता गरिदिदा भारतिय उखु सहजै नेपाल प्रवेश हुने गरेको छ ।

किसानहरु उखुको तौल लिन र पुर्जी लिनका लागि चिनिमिल बाहिर ट्याक्टरको टाली र गाडामा लाईनमा उखु राखेर प्रतिक्षा गरेका छन् । मिल संचालकबाट मात्र होईन किसानहरु राज्यबाट पाउने अनुदान रकम समेत सहज रुपमा प्राप्त गर्न सकिरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here