हिन्दु मुस्लिमको आस्थाका केन्द्र, मदार बाबा मेलाको तयारी पुरा

0
639

♦संजय कुश्वाहा—

सुस्ता, १० फागुन । हिन्दु मुस्लिमको आस्थाका केन्द्र मदार बाबा मेलाको तयारी पुरा भएको छ । यहि फागुन १२ गतेदेखि संचालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको अयोजक कमेटीले जानकारी दिएको छ ।

पश्चिमी नवलपरासीको सुस्ता गाऊपालिका वडा २ स्थित मदारिया पहाडमा रहेको मदार बाबा स्थानमा वर्षेनी मेला लाग्दै आएको छ । महलबारीमा रहेको मदारबाबाको धार्मिक स्थलमा मेला लाग्ने गरेको छ भने मदारिया डाँडामा रहेको मदार बाबाको मुख्य धार्मिक स्थल मजारमा भक्तजनहरु पुगेर आ–आफनो मनोकामना सुनाउने र पुजा आजा समेत गर्ने गरेका छन् ।

बर्षेनी मेला व्यस्थित रुपले मदार बाबा मेला संचालन गर्दै आएको कुतबुल मदार शाह दरगाह कमिटी संस्थाले मेलाको तयारी पुरा भएको जानकारी दिदै मेलामा आउने श्रद्धालुका लागि खानेपानी, विरामीका लागि निशुल्क उपचार शिविर, राति बस्नेलाई बास, शौचालय साथै सुरक्षाका लागि सुरक्षा व्यवस्था मिलाइएको मिटिका अध्यक्ष निजामुद्दिन मिंयाले जानकारी दिए ।

मदार बाबा मेलामा भर्न नेपालको काठमाडौ, पोखरा, पाल्पा, चितवन, रूपन्देही, कपिलवस्तु, नवलपरासी र भारतको दिल्ली, मुम्बइ, बिहार, बंगाल लगायतको विभिन्न मुख्य मुख्य बजारहरुबाट भक्तजनहरु गरि मेलामा करिब १२ लाख भन्दा बढी भक्तजनहरू आउने अनुमान गरिएको कमेटीका सचिव अजमुद्दिन मिँयाले जानकारी दिए । मौसम सफा भएको हुनाले विगत वर्षहरूको अनुभवको आधारमा यस वर्ष अझ बढी श्रद्धालु आउने विश्वास गरिएको आयोजक कमिटिका सचिव मियांले बताए ।

मदारबाबाको वास्तीक नाम हजरत बदिउद्दिन कुतुबल मदार शाह रहमतुल्लाह अलैहे हो । मुस्लिम समुदायको धार्मिक मान्यता अनुसार महान वली हजरत वदिउद्दिन शाहको ६०२ औं वार्षिकीको रूपमा मनाइदै छ ।

यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दु मुस्लिमको आस्थाको केन्द्र को रुपमा मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल एवं दुख र मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामनाहरु पुरा हुने र र दुख हरन हुने विश्वास रही आएको मठाधिश अमिरुल्लाह अंसारीले बताए ।

श्रद्धाको यस केन्द्रमा ४ वटा महत्वपुर्ण स्थान रहेको बताइएको छ । महलबारीमा मस्जिद रहेको छ भने यसबाट अगाडि बढदै जादा गुद्दरबाबा, चावलधोइ र उच्च पहाडमा मदारबाबा स्थान रहेका छन । पहाडमा रहेको मदारबाबा स्थानमा पुग्न जो कोही आतुर रहेको पाइन्छ । महलबारी मस्जिदबाट ९ किलोमिटर पहाड माथि मदारिया डाँडामा अवस्थित छ ।

मदारबाबा संग आस्था राख्ने मुस्लिम, हिन्दु, बौद्धिष्ट, क्रिश्चियन लगायत विभिन्न समुदायका त्रिर्थालूहरुको यहाँ भिडभाड लाग्ने गरेको छ । मदारबाबाको मुख्य स्थल मजारमा पुग्न निकै कठिनाई हुने गर्छ तर पनि ५ देखि ६ घण्टासम्म पहाड चढेर मुख्य स्थलमा पुगी आफनो दुख तथा मनोकामना बाबालाई सुनाउने गरेका छन् ।

मदार बाबा स्थलमा हिन्दु मुस्लिम दुबै धर्मका मान्छे एकै स्थानमा श्रद्धाका साथ एकै स्थानमा पुजापाठ गर्ने संसारकै दुर्लभ स्थान रहेको हुनसक्ने अनुमान समेत गरिदै आएको कमिटिका कोषाध्यक्ष रियाजुलहक अन्सारीले बताए ।

मदार बाबा मेला मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा सुरक्षा व्यवस्था मिलाउनका लागि करिब १०० सुरक्षा कर्मी परिचालन गरिने साथै २०० जना स्वयंसेवक ,२ ठाउँमा निशुल्क स्वास्थ्य शिविर ,१५ वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था मिलाउने मेला कमिटीले जनाएको छ ।

मेलामा व्यापारीहरूको व्यापक उपस्थिती रहेको छ । व्यावसायीहरू मेलामा राम्रो आम्दानी गर्नसक्ने भएकाले मेला शुरू हुनु एक हप्ता अगावै महलवारीमा आइ पुगेका छन् । अस्थायी पसलका लागि घरटहरा धमाधम निर्माण गरिन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here