ढाका ९, फागुन । बंगलादेशको राजधानी ढाकास्थित भीड हुने स्थानको एक भवनमा आगलागी हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । त्यस्तै करिब ४० जना सख्त घाइते भएका छन् । अग्नी नियन्त्रण सेवाका महानिर्देशक अली अहमदले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।
राजधानीको पुरानो सहरको एक चोक बजारमा रहेको भवनमा सबैभन्दा पहिला आगो लागेको थियो । सो भवनमा केमीकल भण्डारणको एक गोदाम समेत रहेको बताइएको छ । एउटामा आगो लागेपछि अर्को भवनमा पनि आगो सरेको थियो । गाडी नियन्त्रणका लागि अग्नि नियन्त्रण विभागका ३७ वटा गाडि घटनास्थलमा तत्कालै पुगेका थिए ।
यो समाचार तयार पार्दासम्म १२ वटा शव भवनबाट बाहिर निकालिएको छ । अहिले सम्म ९५ प्रतिशत आगो नियन्त्रणमा आएको बताइएको छ । आगो कसरी शुरु भयो भन्ने बारेमा यकिन हुन सकेको छैन । सुरक्षा निकायले आवश्यक अनुसन्धान थालेको बताइएको छ । (बीबीसी)