नवलपरासीकाे हकुइमा कुस्ती प्रतियोगिता सम्पन्न

0
346

परासी ८ फागुन । पश्चिमी नवलपरासीकाे रामग्राम नगरपालिकास्थित हकुइमा प्रजातन्त्र दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । यसअघि पुरुषका लागि मात्र प्रतियोगिता हँुदै आएकामा यस वर्ष महिलाले पनि सहभागिता जनाएका छ्न । प्रतियोगितामा नेपाल र भारत दुवैतर्फका पुरुष र महिला गरी करीब ३०० कुस्तीवादले भाग लिएका थीए ।

प्रतियोगितामा भारतको पञ्जाव, गोरखपुर, दिल्लीलगायतका स्थानका पुरुष र महिला पहलवानको सहभागिता रहेको थीयो भने नेपालको बिभिन्न स्थानबाट खेलाडी आइ खलाडीहरुले सहभागिता जनाएको उक्त कार्यक्रमका संयोजक दिपेन्द्र यादव ले बताउनु भयो । सांस्कृतिक, सामाजिक र शारीरिक दृष्टिकोणबाट मधेशको प्राचीन खेल संरक्षण गर्न आवश्यक भएकाले प्रतियोगिता गर्न लागिएको व्यवस्थापक समितिका सचिव धुव्र चौधरीले बताउनु भयो ।

स्थानीय तह, सङ्घसंस्था, स्थानीय उद्योग व्यवसायीहरूसँग सहयोग मा सो कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताका लागि रामग्राम नगरपालिका–१५ र १६ ले समेत आर्थिक सहयोग गरेको वडा नं १५ का अध्यक्ष धनपत यादवको भनाइ छ ।

प्रतियोगितामा प्रथम अमित पहलमान हरियाणा पन्जाब ले रु एक लाख ७५ हजार प्राप्त गरे, दोस्रो बग्गा पहलमान पन्जाब ले एक लाख प्राप्त गरे तथा तेस्रो काली पहलमान पन्जाब ले रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सहभागी हुने सबै पहलवानका लागि स्थानीय स्तरबाटै जिन्सी पुरस्कारको पनि व्यवस्था गरिएको सचिव चौधरी ले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here