गुल्मीमा ६ महिनामा ४ जनाको हत्या, ७ जना बलात्कृत

0
280

बुटवल, २९ पुष ।  जिल्ला प्रहरी कार्यालय गुल्मीले आईतबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी श्रावण १ गतेदेखि हाल सम्मको प्रहरी गतिविधि सार्वजनिक गरेको छ ।  उसले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो  ६ महिनामा ४ जनाको  क्रुरुरतापूर्वक हत्या भएको छ । ६ वटा बलात्कारका घटना घटेका छन् । अभियुक्तहरु सबै पक्राउ परी कानुनी कठघरामा उभ्याउन प्रहरी सफल देखिएको छ ।

यी हुन् श्रृंखलाबद्ध बलात्कार काण्ड

१. भदौ ७ विहान साढे १० बजेको समयमा ईस्मा  गाउँपालिका ४ को चुच्चेढुङ्गमा धनबहादुर चुँदराले एक महिलालाई बलात्कार गरे ।

२.असोज १४ गते मालिका गाउँपालिका–६ अर्जेका रविबहादुर कुमालले पनि एक महिलालाई बलात्कार गरे ।

३. असोज १ गते रेसुङ्गा नगरपालिका ८ वडाध्यक्ष मोहनप्रसाद पाण्डेको घरमा काम गर्ने एक कामदार किशोरीलाई सोही नगरपालिका ९ उपल्लो तम्घासका सुरजन चुँदराले  जबरजस्ती करणी गरी उनी झुण्डिएर आत्महत्या गरेको अभियोग लाग्यो । अभियोगी चुँदरा धरौटीमा छुटे ।

४.असोज ३० गते ईस्मा गाउँपालिका ३ का  ३९ वर्षीय देवे नेपालीले १९  वर्षीयालाई बलात्कार गरे ।

५.कातिक १ गते सोही गाउँपालिका –५  का ३८ वर्षीय बाबुले ११ वर्षीया आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गरे ।
६. धुर्कोट गाउँपालिका ६ का ३५ वर्षीय (नाम गोप्य) ले हाडनाता करनी गरे ।

७. पुस  १ गते मालिका गाउँपालिका ५ का १६ वर्षीय किशोरले ८८ बर्षकी बृद्धालाई बलात्कार गरे । बलात्कारी सबै कानुनी कठघरमा परे ।

यस्ता छन ४ हत्या घटना

१. साउन २ गते छत्रकोट गाउँपालिका २ का रुकमबहादुर राकाशकोटीले पैसा चोरी गरेको आरोप लगाउँदै स्थानीय शेरबहादुर राकासकोटीबाट मरणासन्न्न हुने गरी कुटाई खानुपर्यो । उनकै कुटाईबाट उनको अर्को दिन ज्यान गयो ।

२.साउन ४ गते चन्द्रकोट गाउँपालिका ४ का ४२ वर्षीय गोकुल सार्कीले स्थानीय ६८ वर्षीया बृद्धलाई आफ्नै घरमा क्रुरुरतापूर्वक कुटेर हत्या गरे ।

३– कार्तिक ३ गते मुसिकोट नगरपालिका  ४ का ३५  वर्षीय पंकज कुमालले ३४ वर्षीया आफ्नै श्रीमती लाली कुमालको हत्या गरे  । माथि उल्लेखित बलात्कार र हत्या काण्डका अभियुक्तहरु मदिरा बिना  कुनै पनि अपराधमा संलङघन छैनन्  ।

४. कातिक १५ गते मदान गाउँपालिका पनाह गाउँका दुर्गाबहादुर नेपालीले ज्यान बचाउन अर्कैको घरमा लुकेर बसेकी  ३५ वर्षीया श्रीमती सिता नेपालीको हत्या गरेर डेढ वर्षीया छोरीलाई रातभर आमको शवसँगै राखेर भागे ।

मृत आमाको स्तन चुस्दै र रुँदै ती  छोरीको ह्दयविदारक दृश्यले सााराको मन रोयो । उनका तीन सन्तान बेसहारा भए । गुल्मीका सिडियो यदुनाथ पौड्यालको पहलमा ती बेसहरा बालबालिकाहरुलाई काठमाडौंको एक बालग्राममा पठाइयो । जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेत भन्छन् प्रत्येक अपरराध घटनामा चाडपर्व र मदिरा अनिवार्य जोडिएको छ । राताेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here