काठमाडौं, २९ पुष । प्रहरीले १ करोड ४ लाख अबैध हुन्डी रकमसहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार काठमाडौंको न्युरोड र विराटनगरबाट अवैध हुन्डी रकमसहित उनीहरु पक्राउ परेका हुन् ।
काठमाडौंको न्युरोडबाट ३५ लाख अवैध हुन्डी रकमसहित सुनिल श्रेष्ठ र भरत बस्नेत पक्राउ परेका छन् ।श्रेष्ठ र बस्नेतसँगै एउटा अल्टो गाडीसमेत नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रतापसिंहले बताए ।
त्यस्तै विराटनगरबाट ६९ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुमित सारु, राजेश होडा र दिपक कर्णलाई पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।