रामग्राम स्तुपमा आएका पर्यटकहरुको मेयर नरेन्द्र गुप्ताद्धारा स्वागत

0
314


परासी, २७ पुष । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले रामग्राम स्तुपमा आएका विदेशी पर्यटहरुको स्वागत गरेका छन् । एतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुपमा पर्यटकको रुपमा आएका १८ वटा देशका प्रतिनिधिहरुलाई मेयर गुप्ताले स्तुपको महत्व बारे जानकारी दिदै स्वागत गरेका हुन् ।

स्तुपमा आएका पर्यटकहरुलाई स्तुपको परिक्रममा गराइएको थियो । परिक्रमा पश्चात मेयर गुप्ताले पर्यटकहरुलाई स्तुपको महत्व र स्तुपको बर्तमान अस्वस्था बारे जानकारी दिदै हुने बुद्धिष्ट ईन्टरनेश्नल ट्राभस मार्ट २०१९ मा रामग्राम स्तुपलाई बढि केन्द्रित गर्नु पर्ने सुझाव दिएका थिए ।

पर्यटकहरुलाई स्वागत गर्न मेयर गुप्ता संग प्रदेश ५ का विधायक बैजनाथ जयसवाल, नगरपालिकाका वडा अध्यक्षहरु र कर्मचारीहरु समेतको टोली पुगेको थियो ।


नेपाल सरकारल,े मनाउन लागेको २०२० नेपाल भ्रमण बर्षमा, हुन लागेको बुद्धिष्ट ईन्टरनेश्नल ट्राभल्स मार्ट २०१९ मार्फत नेपाललाई टुरिजम गन्तब्यको रुपमा चिनाउने लक्ष्य लिई अगाडी बढेको छ ।

सांस्कृति,पर्यटन तथा नागरिक उडयन मन्त्रालय र नेपाल ट्राभल्स एण्ड टुर एशोसिएसन (नाटा)को संयुक्त आयोजनामा ईन्टरनेश्नल बुद्धिष्ट ट्राभल मार्टका लागि २७ वटा देशका प्रतिनिधिहरुलाई नेपालको टुरिजम स्थलहरु भ्रमण अवलकोन गराई शुक्रबार र शनिवार दुईदिन यसको महत्व र टुरिजम व्याकेजिङ्ग बारे छलफल गराईने छ ।

सो छलफलबाट आ–आफनो देश फर्किने ति २७ वटै देशका प्रतिनिधिहरुले नेपालका टुरिजम स्थलहरुलाई टुरिजम प्याकेजमा राखी आ–आफनो देशका बढिभन्दा बढि पर्यटकहरुलाई नेपाल घुमाउने योजना रहेको मेयर गुप्ताले जिकिर गरे । जस अन्तर्गत रामग्राम स्तुपमा १८ देशका प्रतिनिधिहरुलाई विहिवार स्वागत गरिदै स्तुपको महत्व बारे जानकारी गराइएको मेयर गुप्ताले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here