अज्ञात समुहद्वारा चक्कु प्रहार हुदा एक युवती घाईते

0
398

परासी, २७ पुष । नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ७ पिपरपातीमा  बिहान छात्रा माथी चक्कु प्रहार हुदा एक युवती घाईते भएकी छिन । घर बाट आफ्नो बिध्यालयमा अध्यनको लागी साईकलमा जादै गरेकी प्रतापपपर गाऊपालिका वडा नं ७ बस्ने मुगु केवटकी १६ बर्षिय छोरी अनिता केवट माथी एक्कासी ऊखु बारी बाट मुख छोपेर तिन जना अज्ञात ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।

घाईते भएकी छात्राको दाहिने हाथमा चोट लागेको छ । घाईते भएकी केवटलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । साथै अज्ञात ब्यक्तीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ। छात्रा केवट गणेश माध्यमिक बिध्यालय जगन्नाथपुरको कक्षा ८ मा अध्यनरत छात्रा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here