सिमामा सुरक्षाकर्मीको संयुक्त गस्ती

0
397
♦संजय कुशवाहा—
परासी, २५ पौष । नवलपरासीमा सिमा सुरक्षाको लागी नेपाल र भारतीय सुरक्षा कर्मीको संयुक्त गस्ती गरिएको छ । शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र शसस्त्र सिमा बल एस.एस.बी.झुलनीपुर संयुक्त गस्ती गरेका थिए ।
शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितको नेतृवमा रहेको गस्ती टोली र शसस्त्र सिमा बल एस.एस.बी झुलनीपुरको शसस्त्र प्रहरी उपनिरिक्षक पंकज कुमारको नेतृवमा रहेको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ४९९ देखी स्तम्भ संख्या ५०२ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।
गस्तीको क्रममा सिमाको किनारमा बस्दै आएका बासीन्दाहरुलाई सुरक्षाको दृष्टिकोणले समस्या बारे छलफल समेत गरिएको थियो । संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी बाट ९ जना,सशस्त्र सिमा बल एस.एस.बी.बाट ११ जना ,भारतीय प्रहरी बाट ४ जना र नेपाल प्रहरीबाट ४ जना सुरक्षा कर्मीको संयुक्त सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here