बर्दघाट, २४ पुष । जन कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ आंै बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिक बहादुर पाण्डेको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबि बस्नेतको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष एवं प्रमुख अतिथि बस्नेतले पानसमा बत्ति बालेर कार्यक्रमको उद्दघाटन गरेका हुन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डेले प्रगति प्रतिवेदन प्रस्तुत गरे । संस्थाले आर्थिक बर्ष ०७४÷०७५को मसान्तसम्म ६७ लाख ९७ हजार २३६ रुपैया मुनाफा गरेको छ । कुल ३ हजार ३११ सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म ३४ करोड ६० लाख रुपैया बराबरको पुजी सम्पत्ति बनाएको छ । संस्थाले विभिन्न क्षेत्रमा २४ करोड, ९६ लाख, ८३ हजार ५२९ रुपैया लगानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बर्दघाट नगरपालिकाको भुतहामा रहेको यस संस्थाको कार्यक्षेत्र बर्दघाट नगरपालिका १ देखि ११ वडा, सरावल गाउँपालिकाको वडा १,२,३ र सुनवल नगरपालिकाको ११,१२ र १३ रहेको छ । वि.स. २०५० सालमा स्थापना भएको यो संस्था निकै तिब्र गतिमा अगाडी बढदै गएको छ ।