सुनवल, २४ पुष । उद्योग बाणिज्य संघ सुवनलका पदाधिकारी तथा सदस्यहरुले आज एक औपचारिक कार्यक्रममा सपथ ग्रहण गरेका छन् । संघले सुनवलमा आयोजना गरेको कार्यालय उद्दघाटन तथा सपथ ग्रहण कार्यक्रममा संघको तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिका मेयर भिम बहादुर थापाले सपथ गराउदै प्रमाण पत्र समेत वितरण गरेका हुन् ।
संघले नेपाल उद्योग बाणिज्य महासंघबाट सम्बन्धन तथा संघ नवलपरासीबाट मातृत्व प्राप्त गरेपछि संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा उक्त तर्दथ समिति गठन भएको संघका सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिए । संघका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु संस्थापक पदाधिकारी तथा सदस्य हुने छ ।
अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा गठन भएको तदर्थ समितिका बरिष्ठ उपाध्याक्ष शंकर नेपाल, उद्योग उपाध्यक्ष राम बहादुर क्षेत्री, बाणिज्य उपाध्यक्ष लेखनाथ खरेल, महासचिव तेज प्रसाद भण्डारी, सचिव ईश्वरी भण्डारी र कोषाध्यक्षमा हुमनाथ न्यौपाने छन् भने सदस्यहरुमा यज्ञ प्रसाद पौडेल, दुर्गानारायण सुबेदी, ढुण्डिराज भट्टराई, खुमानन्द न्यौपाने, चुरामणि गैरे, मुरली गौतम, तुल्सीराम तिवारी, विष्णु घिमिरे, विष्णु पाण्डे पुरी, पुर्ण बहादुरा वि.क, हर्क बहादुरा गुरुङ्ग, दल बहादुर रेग्मी र रमेश पराजुली रहेका बताइएको छ ।
कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरुले सपथ खाएपछि प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैबिच कार्यक्रम प्रमुख अतिथि तथा नगर प्रमुख थापाले संघको कार्यालय समेत उद्दघाटन गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष रमेश कर्माचार्य, प्रमुख अतिथि एवं नगर प्रमुख भिम बहादुरा थापा क्षेत्री, विशिष्ट अतिथि एवं नगर उप–प्रमुख दधिराम अर्याल, नेपाली कांग्रेसका कार्यवाहक सभापति अर्जुन कुमार पोख्रेल, महालेखा परिक्षकका निर्देशक सत्यनारायण थापा, नेकपा प्रदेश ५ कमेटी सदस्य भविश्वर तिवारी, नेकपा जिल्ला कार्यदल सदस्य थान प्रसाद गैरे, अतिथि एवं उद्योग बाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डे, सुनवल संघका बरिष्ठ उपाध्यक्ष शंकर नेपाल लगायतले मन्तब्य राखेका थिए ।