बुटवल, २३ पुष । प्रहरीले बाग्लुङदेखि बुटवल हुँदै लागुऔषध कारोबार गर्ने गिरोहका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध ओसारपसार गर्ने गाडीसहित चालक पक्राउ परेका हुन् ।
केहि दिनअघि ५ नम्बर प्रदेश दाङबाट खटिएको प्रहरीको अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बुटलवको संयुक्त टोलीले लागु औषध कारोबारमा संलग्न गिरोहलाई नियन्त्रणमा लिएको थियो । सोमबार कारोबारमा प्रयोगमा आएको गाडीसहित चालक विवेक थापालाई पनि पक्राउ गरिएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिए ।
उनीहरुले बाग्लुङ्गदेखि बुटवलसम्म लागु औषद्य चरेस गाडीमा राखेर ओसारपसार गर्ने गरेको प्रहरीको दाबी छ । यसअघि मंसिर १५ गते बुटवल– ९ ईटाभट्टीबाट प्रहरीले छापा मारेर २५ किलो चरेससहित बुटवलका ४० वर्षीय दिपेन्द्र घर्ती, जाजरकोट वारिकोट गाउँपालिका १ का २८ वर्षीय टोपेन्द्र बोहरा र सोही जिल्ला नल्गा गाउँपालिका २ का २८ वर्षीय प्रेम विकलाई पक्राउ गरेको थियो । चालक थापाको बारेमा अनुसन्धान अगाडी बढाईएको डिएसपी मल्लले जानकारी दिए ।