रामग्राम स्तुपमा पर्यटक बढदै

0
407
Exif_JPEG_420

परासी, २३ पुष । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपको पशुपति विकास कोषको टोलीले अवलोकन गरेको छ । नेपालमा हिन्दुका लागि पशुपति नाथ क्षेत्र जस्तै बौद्धहरुको लागि रामग्राम स्तुप एक अध्यात्मिक स्थल रहेको जनाउदै कोषको टोलीले रामग्राम स्तुपको अलोकन दर्शन गरेका हुन् ।

भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनी एक ऐतिहासिक स्थल भए पनि बुद्धत्व प्राप्ती पछि उनी बुद्ध भएको र बुद्धको भौतिक अस्तु रहेको एक मात्र रामग्राम स्तुप हो । जुन सुकै नेपालीले एक पटक रामग्राम स्तुप क्षेत्रमा पाइला टेकेर पुण्य लाभ लिनु पर्छ, पशुपति विकास कोषका सदस्य घनश्याम कोईरालाले भने, अध्यात्मिक महत्व बोकेको स्तुप स्थल स्तुप क्षेत्रमा ध्यान बस्न पाए अझ ठूलो पुण्य पारमि बढने छ ।

भौतिक र अध्यात्मिक दुबै मिलेर जिवन धारा चल्ने गर्छ, स्तुपको अवलोकन गर्दै उनले भने, अहिलेको समाज भौतिकबादी हुने र भौतिकतालाई बढी महत्व दिइने गरेका छन् । तर अध्यात्मक बुझ्ने बहुत थोरै छन् । अध्यात्म बुझ्नेका लागि यो रामग्राम स्तुप संसारकै लागि पुण्य प्राप्ती स्थान हो ।

भगवान गौतम बुद्धको महापरिनिर्वाण कुशिनगरमा भए पछि तत्कालिन कोलिय राजाले त्यो पुण्य पारमिका लागि उनको अस्तु ल्याएर आफ्नो राज्यमा पनि स्तुपको रुपमा स्थापना गरेका थिए । कोलिय राजाहरुको राजधानी रामग्राम भएको हुदा उनीहरुले बनाएको स्तुपलाई रामग्राम स्तुप भन्ने प्रचलन आएको हो । जुन वास्तविक रामग्राम राजधानी स्तुप देखी ४ माईल उत्तर पश्चिम क्षेत्र पण्डितपुरमा अवस्थित छ । रामग्राम स्तुप नवलपरासी जिल्ला पश्चिमको सदरमुकाम परासी देखी ३ किलोमिटर दक्षिण उजैनी र देउरवा गाउको विच झरही नदीको किनारमा अवस्थित छ ।

स्तुपको महत्व बुझे पछि गौतम बुद्धको अस्तु राखेर तत्कालिन अवस्थामा ८ स्थानमा स्तुप बनेको थियो,तर केही समय पश्चात मगधका सम्राट अशोकले ति मध्ये ७ वटा स्तुपको उत्खनन गरेर आफ्नो राज्य सहित विश्व भरि ८४ हजार स्थानमा स्तुप बनाउन लगाएका थिए । तर अन्तिम समय रामग्राम स्तुपको उत्खनन गर्न आएको बेला स्तुपमा बसी पुजापाठ गर्ने र ध्यान गर्दै आएका नागबंशीहरुले यो स्तुप उत्खनन नगरिदिनका लागि आग्रह गरे पछि सम्राट अशोकले रामग्राम स्तुप उत्खनन नगराई फर्केका थिए । त्यही भएर पनि अब संसारमा वास्तविक अस्तु राखिएको स्तुप रामग्राम स्तुप हो, कोईरालाले टोलीलाई जानकारी गराउदै भने, बुद्ध प्रत्येक धर्म भन्दा माथि हो,त्यसमा पनि बुद्धको अवशेष यदि भौतिक रुपमा अनुभुत गर्ने हो,भन्ने रामग्राम पुग्नु पर्छ । अध्यात्मिक बुद्ध जान्ने हो,भन्ने बुद्धको ज्ञानलाई अनुभुत गर्नु पर्छ ।

उनले सरकारले रामग्राम स्तुपको संरक्षणलाई ध्यान दिइनु पर्ने समेत उनले बताए । समान्य स्तुप भारतमा पुरै संरक्षित र स्तुप स्थल ब्यवस्थित गरिएको छ । तर सरकारी अधिकारीहरु अध्यात्मिक रत्न भएको रामग्राम स्तुप क्षेत्रको ध्यान पुर्याउन नसकेकोमा चिन्ता ब्यतm गरेका थिए । उनले लुम्बिनी बिकास कोषका पदाधिकारीसंग छलफलमा रामग्राम स्तुपको कुरा उठाएको जनाउदै रामग्राम स्तुप प्रति कोषका पदाधिकारी पनि चिन्ता ब्यतm गरेको सुनाए । तर कोषले अब रामग्राम स्तुप क्षेत्रको चिन्ता गर्ने होईन, चिन्तन गरेर कार्य अगाडी बढाउनु पर्छ, कोईरालाले भने, यसबारे पशुपति विकास कोष मार्फत पनि सरकारको ध्यानाकर्षण गराईने छ । जति चाडो स्तुप क्षेत्रको संरक्षण,प्रवद्र्धन र प्रचार प्रसार गरियो त्यती चाडै यसको महिमा देश विदेशमा फैलिएर जानेछ । धेरै मानिसले यहाँ आएर आफ्नो पुण्यलाभ प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here