परासी, २२ पुष । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्सार छली नेपाल भित्राउदै गरेको एक पिकप सहित १९ पोका चप्पल बरामद गरेको छ । व्यपारीले एक पटकको भन्सारले दुई पटक चप्पल ओर्सान खोज्दा प्रहरीले लु १ ज ३३६४ नम्बरको पिकप सहित १९ पोका चप्पल बरामद गरेको हो ।
शुक्रबार २० गते साँझ व्यपारीले एक पटक १९ पोका अर्थात २७६० वटा चप्पलको भन्सार गराई गोदाममा माल थन्काएर सोही भन्सारमा पुनः अर्काे तयार गरिएको चप्पलका पोका राखी भन्सार छल्न खोज्दा प्रहरीले शंकाको आधारमा सो गाडीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।
उनले भने, बरामद चप्पलको विषयमा पिकप चालक संग लिइएको ब्यानमा एउटै भन्सारले दुई पटक चप्पल ओसार्न खोजेको खुलेपछि पिकप, चालक र चप्पल आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको जानकारी दिए । सो बरामद चप्पल अन्दाजी १ लाख ६५ हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यता भन्सार कार्यालयले सो बरामद चप्पल र गाडीलाई चप्पल चोरी पैठारी मुद्दा चलाई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी सिमा प्रहरी कार्यालय महेसपुरले २ लाख ४० हजार मुल्य बराबरको १५२ बोरा क्यानेडियन मटर बरामद गरेको जनाएको छ । प्रहरीले सिमा क्षेत्र पाल्हीनन्दन गाउँपालिका २ भक्सीपुरबाट १२ साईकल सहित बरामद गरेको उक्त मटर ३८ क्वीन्टल रहेको छ । बरामद मटर र साइकल आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको जानकारी दिएको छ ।