परासी, २२ पुष । जिल्ला प्रहरी कार्यालय नवलपरासीले रामग्राम नगरपालिका १६ तोनवाबाट ३८ गोटा अवैध कुखुरा बरामद गरि नष्ट गरेको छ । सुरक्षाको लागि गस्तीमा खटिएको प्रहरी टोलीले लु १७ प ७१३७ नम्बरको मोटरसाईकल सहित सो ३८ गोटा अवैध कुखुरा बरामद गरि नष्ट गरेको जनाएको छ । बरामद कुखुरा करिब २० हजार मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।