भुमही, १९ पुष । जिल्ला टारफिक प्रहरी कार्यलय नवलपरासी सुस्ता पश्चिमले चोरी गरीएको स्कुटी फेला पारी बुधवार सवारीधनीलाई बुझाएको छ । सिद्घार्थ नगरपालिका वडा न ८ मेउडिहवा बस्ने प्रिति गुरुङको नाममा रहेको लु ३४ प ९६७५ नम्बरको स्कुटी गएको भदौ ५ गते नवलपरासीको महेशपुर चोकमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो ।
उक्त चोरी भएको स्कुटी गएको मंसिर ११ गते सुनवल नगरपालिका वडा न १२ भुमहि स्थित केटिएम ग्यारेज अगाडीको सडकमा वेवारिसे पार्किङ गरी राखिएको अवस्थामा टा«फिक प्रहरीले फेला पारेको थियो । फेला परेको स्कुटी टा«फिक प्रहरी कार्यालयको नियन्त्रणमा राखी टा«फिक प्रहरीले यातायात व्यवस्था कार्यालय लुम्विनीमा समन्वय गरी सम्बन्धित सवारी धनी पत्ता लगाएको थियो ।
सो फेला परेको स्कुटी जिल्ला टा«फिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद ज्ञवाली र टा«फिक प्रहरी नायब निरीक्षक दामोदर मल्लले संयुक्त रुपमा सवारी धनी प्रिति गुरुङलाई बुझाएका हुन् । स्कुटी चोरी गर्ने व्यक्ति भने अझै पत्ता नलागेको टा«फिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।