परासी, १९ पुष । ठुलो धनराशी पुरस्कार रहेको प्रथम सरावल अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीता–२०७५ पश्चिम नवलपरासीमा सुरु भएको छ । सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको मुख्य आयोजना एंवम् सरावल गाउँपालिकाको आर्थिक सहयोगमा सरावल गाउँपालिका– ३ स्थित हिमालय युवा क्लब सरावलको खेल मैदानमा प्रतियोगीता आयोजना भएको हो । सो खेलकुद प्रतियोगितामा रुपन्देही, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरि १६ वटा फुटबल समुहको सहभागिता रहेका छन् ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमश नगद रु.१ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा पाउनेछन् । त्यसैगरी अन्य विधाहरु अनुशासित टिम लगायत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्तीलाई पनि पुरस्कार राखिएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीताको एक कार्यक्रम बिच सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चौधरीले विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले पहल गर्ने र खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमको बिशेष अतिथिको रुपमा रहनुभएका गाउँपालिका उपाध्यक्ष उत्तमा रायले खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए समग्र गाउँपालिाका र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभयो । प्रतियोगितामा गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत झबिश्वर रेग्मीले खेल र खेलाडीको चौतर्फी विकासकालागी गाउपालिकाले गुरुयोजना तयार गर्न जानकारी दिनुभयो ।
कार्यक्रममा सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा आदिबासि जनजाति अध्यक्ष देवराज चौधरी,सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम,सिद्धार्थ सेकेन्डरी बोर्डिङ्ग स्कुल गोबरहिया प्र.अ सुखाडि प्रसाद चौधरी ,सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको सचिव लोकेन्द्र बहादुर क्षेत्री ,पत्रकार उमेश बि.क लगाएतले कार्यक्रमको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।