सांसद रेशम चौधरीलाई सपथ खुवाइएको खुशीमा नवलपरासीमा दिप प्रज्वलन

0
468


परासी, १९ पुष । प्रतिनिधि सभा सदस्य सांसद रेशम चौधरीलाई सपथ खुवाइएको खुशीयालीमा पश्चिम नवलपरासीमा दिप प्रज्वलन गरिएको छ । राजपा नेपाल नवलपरासी तथा थारु थरुवान संघर्ष समिति नवलपरासीको संयुक्त आयोजनामा सांसद चौधरीलाई सपद तथा गोप्नियताको सपथ खुवाइएको खुशीयालीमा हर्षित हुदै जिल्लाको सदरमुकाम परासी बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् ।

कैलालीको टिकापुर १ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले बिजयी भएका सांसद चौधरी टिकापुर घटनाको मुख्य अभियुक्त रहेको आरोपमा उनी पुर्पक्षका लागि थुनामा परेका थिए । सांसद चौधरीको यो मुद्दाले किनारा नपाएकाले उनी अहिलेसम्म सपथ खान पाएका थिएनन् तर राजपा र प्रधानमन्त्री केपी ओली नेतृुत्वको सरकार बिचको भएको सहमति अनुसार सांसद चौधरीलाई आज एक कार्यक्रम बिच सांसदको सपथ खुवाइएको खुशीमा जिल्लामा दिप प्रज्वलन गरिएको राजपका संयोजक मुकुरजी गिरीले जानकारी दिए ।

कार्यक्रममा राजपा नवलपरासीका संयोजक मुकुरजी गिरी, बरिष्ठ नेता दुर्गा चौधरी, केन्द्रिय उपाध्यक्ष पुर्व सभाषद अलाउद्दिन अंसारी, राजपा अध्यक्ष मण्डलका सदस्य पुरन चौधरी, बिजय अग्रहरी र थारु कल्याणकारी समितिका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरी लगायतले रेशम चौधरीलाई सपथ मात्र होईन रिहा समेत गर्नुपर्ने सरकार संग माग राखेका हुन । वक्ताहरुले सांसद चौधरी सहित मधेश आन्दोलनमा लगाइएको विभिन्न मद्दामा जेल परेका भएका सबैलाई कैद मुक्त गर्दै मधेशी दलको माग पुरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here