अफ्रिकी मुलुक मालीमा सशस्त्र समुहको आक्रमणमा परी ३७ सर्वसाधारणको मृत्यु

0
458

एजेन्सी, १८ पुस । अफ्रिकी मुलुक मालीमा सशस्त्र समुहको आक्रमणमा परी ३७ सर्वसाधारणको मृत्यु भएको छ । कोउलोगन गाउँका कयौं घर समेत जलाईएको मध्य मोप्ती क्षेत्रका अधिकारीले जनाएका छन् ।

डंगन र फुला आदिवासी समुह बीच समय समयमा भिडन्तका हुने गरेको बीबीसीले उल्लेख गरेको छ । गत वर्ष भएको भिडन्तका क्रममा सयौंको मृत्यु भएको थियो । सशस्त्र समुहलाई नियन्त्रणमा लिन मालि सरकारले फ्रान्सको सहयोग समेत लिएको छ ।

सन् २०१२ यता, केही स्थान माथि सरकारले शान्ती कायम गर्न सफल भएपनि केही स्थानमा अझै पनि हिंसा रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here