काठमाडौं, १६ पुस। कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामती कर्मचारी सडकमै उत्रिएका छन् । आफूहरुको वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेर सामान्य प्रशासन मन्त्रालयमा गुनासाे गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता गरेको भन्दै सडकमै उत्रिएका छन् ।
निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै कर्मचारीहरु सडकमै उत्रिएका हुन् ।