परासी, १६ पुष । नवलपरासीको जिल्ला पर्यटनको क्षेत्रमा निकै महत्व र चर्चा पाएको जिल्ला हो तर यहाँको पर्यटन विकासको अभावमा ओझेलमा परेको छ । जिल्लामा हिन्दु, मुस्लिम र बौद्धिष्ट समुदायको थुप्रै ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरु छन् तर त्यसको उचित प्रचार प्रसार र संरक्षण एवं विकासको अभावले ति क्षेत्रहरु ओझेलमा छन् ।
जिल्लाको पर्यटन विकास नहुनुका कारण एका त केन्द्रिय तथा प्रदेश सरकारले नै पहल गरेको पाइएको छैन अर्काे तर्फ ति एतिहासिक तथा पुरातात्विक क्षेत्रलाई पर्यटनको रुपमा विकास गर्न गुरुयोजना नै बनेका छैन जसकारण स्थानिय तहले पनि लगानी गर्न एक कदम पछाडी हटन पर्ने बाध्यता देखिएको छ ।
जिल्लामा गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुप, मावली पन्डितपुर, हिन्दु समुदायको महत्वपुर्ण धार्मिक स्थल त्रिवेणी धाम, बाबा गोरिया, मुस्लिम समुदायको मदारबाबा र ईतिहास बोकेको महलपोखरी, नन्दन ताल मुख्य एतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरु छन् तर यसको विकासमा सरकारले नै चाँसो नलिएकाले यि क्षेत्रहरु ओझेलमा परेका छन् ।
जिल्लाको पर्यटकिय क्षेत्रको संरक्षण र विकासका लागि स्थानीय तह र जिससले केन्द्र तथा प्रदेश सरकार संग समन्वय गरि गुरुयोजना बनाएर पर्यटन विकासमा केन्द्रीत हुन जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवसको अवसरमा नवलपरासी शाखाले सोमबार परासीमा आयोजना गरेको ‘पर्यटन र सञ्चार’ विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश सांसद बैजनाथ जयसवालले पर्यटन पूर्वाधार, संरक्षण, सम्बद्र्धन, प्रचारप्रसार, लगानीको वातावरण नहुँदा पर्यटनको प्रचुर सम्भावना भएर पनि नवलपरासी जिल्लाका पर्यटकीय स्थलमा लगानी हुन नसकेको बताए । आफूले पटक–पटक प्रदेशसभामा यसविषयमा कुरा उठाएपनि बजेट छुट्याउँदा विभेद हुने गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले पर्यटन पूर्वाधारका लागि कति लगानी गर्ने, पर्यटक आकर्षण र टिकाउन वातावरण बनाउने र होटलको स्तोरन्नोति के कसरी गर्ने भन्ने योजना बनाउन आवश्यक रहेको जानकारी दिए । पर्यटन विकासका लागि तीन तहकै सरकार आवश्यक पहल गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले भने, नगर भित्र रहेका बुद्धस्थल रामग्राम स्तुप र पण्डितपुरको विकास गर्ने जिम्मेवारी लुम्बिनी विकास कोषलाई रहेकोले कोषले यस जिल्लामा लगानी नगरेकाले यहाँको पर्यटन विका हनु नसेको प्रतिक्रया दिए ।
नगर प्रमुख गुप्ताले भने, रामग्राम स्तुपको संरक्षण र विकासका लागि ५० लाख नगरपालिकाले बिनियोजन गरेको छ । उनले भने, सांस्कृतिक पर्यटन तथा नागरिक उडन मन्त्रालय र पुरातत्व विभागको समन्वयमा नगरपालिकाले रामग्राम स्तुपको गुरुयोजना बनाउने पहल गरिरहेको भन्दै आगामी दिनमा स्तुपको विकासमा बढि भन्दा बढि लगानी गरि स्तुपको विकास गर्ने प्रतिबद्धता जाहेर गरे ।
होटल तथा रेष्टुरेण्ट व्यावसायी संघका जिल्ला अध्यक्ष रमेश पाण्डेले पर्यटकीय क्षेत्रमा होटल तथा होमस्टेमा लगानी गर्न व्यावसायी तयार रहेको तर यातायात, शान्ति सुरक्षा लगायत लगानीको वातावरण बनाउन आग्रह गरे । उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्तले कृषि र पर्यटनलाई जोडेर पर्यटनको विकास गर्न सकिने बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले स्थानीय तहले आफ्नो क्षेत्रभित्रका पर्यटकीय स्थलको पहिचान गरी गुरुयोजना बनाएपछि मात्र विकास अघि बढ्ने बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जिल्लामा उत्पादीत वस्तु र उद्यमीका सीपको प्रवद्र्धन गरेर पर्यटक भित्राउन सकिने बताए ।
स्थानीय तहले पर्यटन विकासलाई भाषणमा सीमित राखेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्याय बताए । पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटन योजना निर्माण स्थानीय तहको प्राथमिकतामा नपरेको पत्रकार बेचु गौडले बताए ।
नेपाल पर्यटन पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य पुरुषोत्तम सुबेदी, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतम, पत्रकार महासंघका सचिव राजकुमार रेश्मी, प्रेस संगठनका केन्द्रीय सदस्य गोपी ज्ञवाली, पर्यटन पत्रकार महासंघका प्रदेश उपाध्यक्ष विष्णु खनाल, जिल्ला शाखाका वरिष्ठ उपाध्यक्ष नारायण भण्डारी, सहसचिव राजु पोखरेल लगायतले आ आफनो धारणा राखेका थिए ।