अपांगता भएका व्यक्तीहरूकाे सेवा सुविधा सुनिश्चित गरियाेस्

0
297

सुस्ता, १३ पुष । पश्चिम नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ पक्लिहवामा अपाङ्गता भएका ब्यक्तिहरुको लागी स्थानिय तहमा बनाईएका निति कार्यावन्यन सम्बन्धि सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

ए.बि.सी.नेपालको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा भएको कार्यक्रममा बुद्दि बहादुर घर्ति मगरको अध्यक्षता तथा वडाध्यक्ष प्रभुनाथ यादवको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा अपाङ्ग संथा प्रदेश नं.५ का केन्द्रिय सदस्य साबित्रा घिमिरे, स्वास्थ्य चौकीका ईन्चार्ज राजकिशोर मंडल, प्रहरी चौकीका ईन्चार्ज शम्भु पौडेल, संजय कुशवाहा, संजित शर्मा लगायतहरुले बोल्नु भएको थियो। कार्यक्रममा करिब ३० जना अपाङ्गहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले विभिन्न क्षेत्रमा अपागंता भएकाे व्यक्तीहरूले भाेगी रहेकाे समस्यालाइ सामाधान गर्न सरकारलाइ अाग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here