परासी, १३ पुस । नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) जिल्लाको दुम्कीवास नजिक ठुलो परिमाणमा लागुऔषध सहित दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नयाँबेलहानी दुम्कीवासले पुर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा बिनयी त्रिवेणी गाँउपालिका १ बेशक्याम्पमा लागुऔषध सहित दुई युवालाई पक्राउ गरेको हो ।
बिहिबार बेलुका पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतिय नम्बरको यू पी ५६ क्यू ६२६८ नम्बरको मोटरसाइकलमा सवार व्यक्तीहरुबाट लागुऔषध बरामद भएको हो ।
प्रहरीले मोटरसाइकल चालक नवलपरासी .पश्चिमको सरावल गँउँपालिका ७ बस्ने २१ वर्षका ईमामुदिन अली र मोटरसाइकलको पछाडी सवार गैडाकोट नगरपालिका २ बस्ने २० वर्षका मन्जित क्षेत्रीलाई पक्राउ गरेको छ ।
मन्जित क्षेत्रीले बोकेको झोला र उनको शरिरमा टेपले बेरेर राखेको अवस्थामा स्पासोरीड दुई सय ५२ ट्याबलेट , नाईट्राभेट दुई सय ७ ट्याबलेट , ग्लेनकोफ २ बोत्तल , आइ पि पि एल ६ एम्पुल , फेनारगान ६८ एम्पुल , डाईजोपाम ६८ एम्पुल बरामद भएको ईलाका प्रहरी कार्यालय दुम्कीवासका प्रमुख प्रहरी निरिक्षक घजिन्द्र बहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कावासोती पठाइएको कार्कीले बताए । (नारायणी अनलाइन)