नवलपरासीको न्यु सनराइज बोेर्डिङ स्कुलमा चोरी

0
308

परासी, १२ पुष ।  पश्चिम नवलपरासीको न्यु सनराइज बोेर्डिङ स्कुलमा अज्ञात समुहले लुटपाट गरेका छन । जिल्लाको पाल्हीनन्दन गाउपालिका वडा नम्बर २ अमानिगन्जमा संचालित उक्त विद्यालयमा बुधबार राति करिब साढे १ बजेको समयमा अज्ञात समुहले एक थान कम्प्युटर, एक थान ल्याप्टप र ६६ हजार नगद गरि डेढ लाख भन्दा बढीको चोरी गरेको विद्यालयका प्राधानाध्यापक उपेन्द्र गुप्ताले जानकारी दिनुभएको छ ।

विद्यालयमा चोरी भएको खबर पाउनासाथ महेस प्रहरी चौकीका प्रहरी निरिक्षक केशवराज ज्ञवलीको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त ठाउमा जडान गरिएको सिसि क्यामरा तोडफोड भएको अवस्थामा फेला पारेपनि उक्त सिसि क्यमरामा चोरी गर्न आएका दुई जनाको माक्स लगाएको भिडियो रेर्कड रहेको प्रहरी निरिक्षक ज्ञवलीले जानकारी दिनुभयो ।

चोरी कसले गरेको भन्ने कुरा पत्ता लगाउन फेला पारिएको भिडियोले सहयोग गर्ने र अनुसन्धानबाट छिटो भन्दा छिटो उक्त गिरोहको पत्ता लगाई दोषी सबैलाई कडा भन्दा कडा कार्यवाही गरिने पनि जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here