नव प्रतिभा सहकारीको क्षेत्रीय साधारण सभा सम्पन्न,

0
278

बर्दघाट, १२ पुष । दिगो लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने नराका साथ नव प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र बर्दघाट ४ बर्दघाटको आयोजनामा क्षेत्रीय साधारण सभा विहिबार बर्दघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षता एवं बर्दघाट नगरपालिका नगर प्रमुख धिरनज शर्मा बस्यालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा बर्दघाट सेवा केन्द्रकी उपसयोंजक पवित्रा रायमाझि, राष्ट्रिय बाणिज्य बैंक बर्दघाटको शाखा प्रमुख माधव अर्याल, जनता बैंकका शाखा प्रमुख विष्नु अर्याल, राष्ट्रिय सहकारी बैंककी शाखा प्रमुख सविना पोखरेल, बर्दघाट नगरपालिकाका स्वास्थ्य ईन्चार्ज लगाएतका अतिथिहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोषाध्यषको प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका प्रमुख कार्यकारी निर्देशक राम प्रसाद काफले आर्थिक बर्ष २०७४, ७५ को कुल १ अर्ब १६ करोड बराबरको आयब्यय प्रस्तुत गर्नुभएको थियो जसमध्य सस्थाले कुल ४ करोड बराबरको नाफा गर्न सफल भएको छ । बरिष्ट सहायक टेकमाया महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन केन्द्रिय कार्यालयका बरिष्ट प्रबन्धक तुलसी महतोले गर्नुभएको थियो । बर्दघाट शाखाका २८ सय ८५ सेयर सदस्य रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here