सुनवल, १२ पुष । मगर समुदायको मौलिक सास्कृतिक पर्व माघे सक्रान्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै विहीवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा स्मरण पत्र बुझाइएको छ । नेपाल मगर संघ जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमले जिल्ला प्रशासन कर्यालय प्रमुख देवेन्द्र लामिछाने समक्ष स्मरण पत्र बुझाइएको सुनवल नगरसमितिका अध्यक्ष्ाँ मनबहादुर थापाले जानकारि दिनुभएको हो ।
आदीवासी जनजातिमा जनसाख्यीक हिसावले सबैभन्दा ठुलो मगर समुदायले प्राचिन काल देखी मनाउदै आएको पर्व माघेसका्रन्तीको अवसरमा एक दिन दिने सार्वजनिक विदालाइ सरकारले कटौति गर्ने निर्णय गरेको स्मरण पत्रमा उल्लेख गरीएको छ ।सरकारको यस निर्णयले मगर समुदायको सास्कृतिकमा अतिक्रमण तथा हस्तक्षेत्रप गरी अपमान गरेको स्मरण पत्रमा जनाइएको छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपरासीबर्दघाट सुस्ता पश्चिमका अध्यक्ष डिबि थापामगरद्धारा हस्ताक्षरित स्मरण पत्रमा सरकारले एकलौटी ढंगले विभिन्न सर्घष वलिदान र आन्दोलनको जगलाइ टेकेर दिइएको एक दिनको सार्वजनिक विदा कटौती गर्ने निर्णय प्रति नेपाल मगरसंघले घोर भत्र्सना गर्ने उल्लेख गरीएको छ ।
साथै बहुलतालाइ आत्मसात गरेको नेपालको सविधान विरोधी नेपाल सरकारको यस पश्चगामी निर्णय फिर्ता लिइ नेपालको विविधताको सम्मान गर्न समेत स्मरण पत्र मार्फन अनुरोध गरीएको छ ।यसैगरी मगर समुदायको यस मागलाइ सम्बोधन नगरीएमा नेपाल मगर संघ लगाएत आदीवासी जनजाति संघसस्थाहरु सास्कृतिक समानता तथा न्यायका लागी आन्दोलनमा जानुको विकल्प नरहने समेत स्मरणपत्र मार्फत चेतावनि दिइएको छ ।
स्मरण पत्र बुझ्नुहुदै प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले मागलाइ सम्बोधन गर्नको लागी स्मरण पत्रलाइ आफुमार्फत छिटो भन्दा छिटो प्रधान मन्त्री तथा गृहमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाउनुभएको थियो ।
सो अवसरमा जिल्ला सचिव दिपक राना मगर, कोषाध्यक्ष जसबहादुर पुन मगर , , नेपाल मगर महिला संघ जिल्ला उपाअध्यक्ष तुल्जा रोका मगर, सुनवल नगरसमितिका अध्यक्ष्ाँ मनबहादुर थापा,बर्दघाट नगरसमितिका अध्यक्ष्ाँ पुर्णबहादुर राना मगर, लगायतको उपस्थिति रहेको थियो ।