देवचुली, १२ पुष । देवचुली स्थीत शाश्वतधाम क्षेत्रमा रहेको अव्यवस्थीत ठेला तथा व्यवशायहरुको व्यवस्थापन नगरपालिकाले गरेको छ । विहिवार नगरपालिकाले एक प्रेस विज्ञप्ती मार्फत नगरपालीकाले सिजि ईन्ड्रष्टियल पार्क अगाडिको आनाधिकृत व्यवशाय पुर्ण रुपमा हटाएको भनि जनाएको छ। नगर प्रमुख पुर्णकुमार श्रेष्ठद्धारा हस्ताक्षर गरिएको उक्त ज्ञापन पत्रमा स्थानिय,भद्रभलाद्मी, स्थानिय जनप्रतिनिधि , वडा अध्यक्ष लगायतको उपस्थितिमा सिजि ईन्ड्रष्टियल पार्क अगाढिको अनाधिकृत व्यवशाय हटाइएको जनाइएको छ ।
विज्ञप्तीमा उल्लेख भए अनुसार प्रहरीको पुर्ण सक्रियतामा सिजि ईन्ड्रष्टियल पार्क अगाढि रहेको अव्यवस्थित व्यवशाय व्यवस्थापन गरेको जनाएको छ । साथै नगरपालिकाले सि जि नजिक रहेका जग्गा धनि संग छलफल गरि त्यहा रहेका व्यवशाय तथा पार्किङलाई व्यवशस्थापन गर्न अघि बढ्ने बताएका छन । यो संगै देवचुली नगरपालीकाले सडक क्षेत्रमा पर्ने निर्माण सामाग्रिहरु जो कोहिले राखे पनि व्यवस्थापन गर्न निर्देशन दिएको छ ।