कपिलबस्तुमा अबैध काठ बरामद

0
441

कपिलबस्तु, ७ पुष । कपिलबस्तु जिल्लाको इलाका प्रहरी कार्यालय गणेशपुरबाट प्रहरी निरिक्षक नवीन पौडेल को नेतृत्वमा खटिएको टोलीले विभिन्न ठाउँबाट अबैध काठ बरामद गरेको छ।

पुस ६ गते साझ विजयनगर गाउँपालिका वडा नं ५ पर्सोहियामा ५० क्यूफिट अबैध काठ सहित ट्रयाकटर बरामद गरेको छ। साथै शनिवार बिहान विजयनगर गाउँपालिका वडा नं ५ गेडुवाजोत मा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको करिब १० क्यूफिट अबैध काठ बरामद गरि सबै काठ र ट्रयाकटर आवश्यक कारवाहीको लागि सव-डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको जानकारी इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here