नवलपुर, ७ पुष । नवलपुको देवचुली १७ पिप्रहरमा सेन्स नेपालले आयोजना गरेको नेतृत्वत तहका इको शिक्षकहरुका लागि संरक्षण शिक्षा विषयक तालिममा बोल्ने अधिकाशंले इको संञ्चालनले विधालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई सानै उमेर देखी प्रकृती संरक्षण प्रति चासो र विद्यालय स्तरबाटै सुख्खा स्थानलाई हरितमा परिणत गर्नु पर्छ भन्ने ज्ञान विकास गर्न सहयोग पुर्याउने हुदा पनि इको क्लव विद्यालयमा आवस्यक रहेको बताएका थिए ।
आयोजित कार्यक्रममा मानव संसोधन तथा शिक्षा विभागका प्रमुख नारायणकाजी काशिछवाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै विभागका प्रमुख काशिछवाले प्रकृति संरक्षणमा एनजीओ आइनजीओली जति कार्य गरे पनि विद्यालय स्तमा रहेका इको क्लवले दिएको शिक्षाले गर्ने काम अधिक रहेको बताए ।
उनले इको क्लवलाई अझै व्यापक बनाउन हरित विघालय कार्यक्रम र विघालय तहको पाठ्यक्रममा वातावरण शिक्षा आवस्यक हुने बताए । प्रमुख काशिछवाले इको क्वलको कामले विघालयलाई आकर्षण र मनोरम स्लका रुपमा विकास गर्नु , प्रत्येक विघालयमा जैविक बगैचा निर्माण गर्नु लगायतका मुख्य उद्देश्यमा रहने गरि काम गर्ने बताए । उनले इको विघालय बनाउन प्रशस्त जमिन पनि आवस्यक नपर्ने भन्दै हरित र हराभार बनाउन सकिने बताए ।
यस्तै कार्यक्रममा बोल्दै सेन्स नेपालका केन्द्रिय अध्यक्ष एवम कार्यक्रमका सभापति दिनेसचन्द्र गौतमले देशमा रहेका विघालयहरुलाई इको सिस्टममा परिणत गरि विघालयलाई हरित र हराभरा संगै प्रकृती प्रति प्रेम जगाउन अभियानकै रुपमा संञ्चाल गरिएको इको क्लवले सकारात्म कार्यमा सहयाृेग पुर्याएको र आगामी दिनमा पनि यसको कार्यलाई प्रभावकारी बनाइने बताए ।
कार्यक्रममा शिक्षा समन्वय इकाई समिति नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल,गैडाकोट नगरका नगर शिक्षा अधिकृत, तराई भूपरिधी कार्यक्रम , हरियो वन कार्यक्रमका प्रर्हलाद खड्का लगायतको सहभागिता रहेको थियो थियो । कार्यक्रममा सेन्स नेपलका वरिष्ठ उपाध्यक्ष भेषराज पोख्रेलको स्वागत मन्तव्य रहेको थियो भने सेन्स नेपालका महासचिव काशिराम पाठकले कार्यक्रम संञ्चालन गरेका थिए ।
वर्दियाबाट अभियानका रुपमा सुरु भएको इको क्लवको अवधारणाले हाल देशका १४ जिल्लाका ५ सय ३० विघालयमा कार्य गर्दे आएको छ । भूपरिधी क्षेत्र अन्तरगत बार्हा देखि कञ्जनपुरका गरि १४ जिल्लाका विघालय शिक्षक तथा विधार्थिहरुको सहभागितामा तालिम संञ्चालन गरिएको छ । तालिम तिन दिन सम्म रजहरको पिप्रहर सामुदायिक होमस्टेमा संञ्चालन हुने छ ।