३३ हजार घुससहित म्याग्दीका सहायक वन अधिकृत पक्राउ

0
384

काठमाडौं, ५ पुष । घुससहित जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले ठाकुरलाई म्याग्दी-७ स्थित उनकै निवासबाट ३३ हजार घुसरकमसहित पक्राउ गरेको हो । ठाकुरले काठ कटानी सम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट विभिन्न बहाना बनाएर घुस रकम लिएको अख्तियारले जानकारी दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here