रेडिमेट सिरक डसनाले धुनिया जातकोे पेशा संकटमा

0
456

परासी, ४ पुष । नवलपरासीमा सिरकडस्ना बनाउने धुनिया जातका पेसाकर्मीहरुको पेसा संकटमा परेको छ । बजारमा आकर्षक रेडिमेट सिरक डस्ना छपछयाप्ती पाईन थालेपछि शिरकडस्ना पेसाकर्मीको पेसा संकटमा परेको हो ।

पहिला पहिला जाडो मौसम शुरु हुन संगै गाउँगाउँमा पेशाकर्मी गई शिरक डस्ना बनाउने काम भ्याई नभ्याई हुन्थ्यो तर यस्तो आधुनिक समयमा जाडोमा प्रयोग हुने आकर्षक रेडिमेटका सिरक डस्नाहरुको बजार बढदै जाँदा हाम्रो पेशा संकटमा परेको पाल्हीनन्दन गाउँपालिका ४ पाल्हीका निवासी आशिक अलि धुनियाले बताए ।

विगत ४३ वर्षदेखि सिरक डस्ना बनाउने काम गर्दै आएका धुनियाले भने, अहिले रेडिमेट शिरक डस्ना गद्दा बजारमा छयाप्छयाप्ती पाइन थालेपछि हामी पेसाकर्मीहरु काम नपाएर घरपरिवार समेत पालन गाह्रो भएको बताए ।

केहि वर्ष अगाडी बजारमा रेडिमेट शिरकडस्नाको बढि उपलब्धता नहुँदा हामी पेसाकर्मीहरुलाई मानिसहरुले शिरक डस्नाहरु बनाउन घरघरमा बोलाउने गर्दथे । त्यतीबेला हामीहरुले पाएको काम भ्यायी नभ्याई हुन्थ्यो, पैसापनि राम्रो कमाईन्थ्यो तर अहिल जनताहरु रेडिमेट आकर्षक शिरकडस्ना बजारबाट नै खरिद गर्ने गर्दा हाम्रो पेसा संकटमा परेकोे धुनियाले बताए ।

अहिले जाडो सिजन चलिरहदा पनि कुुनै कुनै दिनमात्र काम पाइएको छ अधिकांश दिन काम नपाएर खाली बस्ने स्थिति छ । लामो समयदेखि शिरक डस्नाको कामगर्दै आईयो, अरु कुनै शिप नभएर अर्काे काम तिर पनि लाग्न सकिन्न, बुढिस्काल पनि लाग्यो यसै पैसाले मात्र घरपरिवार चलाउन कठिनाई समेत भईरहेको धुनियाले बताए ।

हामी पेशाकर्मीले बलियो र टिकाउ शिरक बनाउदा रुईलाई राम्री धुनाई गरेर सिलाई गरि तयार गर्र्छाैं जुन एकपटक बनाएको करिब ५ वर्षसम्म टिक्छ तर आधुनिक समय अनुसार बजारमा आएको रेडिमेट आकर्षक शिरक तर्फ जनता लम्किने गरेका छन् । हाम्रो पेसा संकटमा, अरु शिप छैन , बुढिस्कालमा घरपरिवार पाल्न पर्ने बाध्यताले जिवनमा ठुलो चुनौती छ । एकातिर हामी पेसाकर्मीले काम नपाउने अर्काे तर्फ रेडिमेटको बजार बढदै जाने केहि वर्षमा हाम्रो पेसा लोप नै हुने अवस्थामा पुग्ने पेशाकर्मीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here