परासी, ४ पुष । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर स्थित जालिम शाह बाबाको मजार उचित व्यवस्था तथा प्रचार प्रसार नहुँदा यतिबेला ओझेलमा परेको छ । ईस्लामि धर्मका धर्मावलम्बी हजरत जालिम शाह रहमतुल्ला अलैहको मजारको संरक्षण तथा प्रवद्र्धन नहुँदा मजार ओझेलमा परेको हो । विगत ७ वर्षदेखि व्यापक चर्चा पाएको जालिम बाबाको मजार जहाँ सेवालिन सयांैको संख्यामा भक्तजनहरुको घुईचो लाग्ने गथ्र्याे तर त्यस मजारको उचित व्यवस्थापना तथा प्रचार प्रसार नहुँदा मजार अहिले ओझेलमा परेको स्थानियहरुको भनाई छ ।
विगत १० वर्ष अगाडी बेलासपुर निवासी मेहदी हस्नका छोरा अहम्मद हसन् अति विरामी परेर औषधीमा लाखौं खर्चिदापनि सन्चो नभएको बेला भारतको गोरखपुर मकदुमबाबाको मजारबाट विस्तारै सन्चो हुन थालेपछि, मकदुम बाबाले त्यही बेलासपुरमै जालिम शाह बाबाको मजार छ जहाँ जोकोई विरामी गएपनि निको हुने विस्वस्त दिलाएपछि सो जालिम बाबाको मजार चर्चा पाएक स्थानियले बताए । सो धार्मिक स्थलमा छिमेकी जिल्ला लगायत भारतबाट पनि विरामीहरु आएर सेवा लिन थालेका थिए । चर्चा पाउदै गएको जालिम बाबाको मजारको सहि ढंगले व्यवस्थापन तथा प्रचार प्रसारमा व्यापकता नल्याएपछि मजार अहिले दिनप्रतिदिन ओभेलमा पर्दै गएको हो ।