परासी, ४ पुष । नवलपरासी जिल्लामा अव्यस्थित मासु पसल बढदै गएका छन् । जिल्लाका नगरपालिका तथा गाँउपालिकामा दर्ता नै नभईकन अवैधानिक रुपले जता ततै अव्यस्थित मासु पसल थपिने कार्य भैरहेको छ तर सम्बन्धित निकाय भने मुखदर्शक बनेको छ । फुतपाते एवं टंकी मासु पसल हाईवे क्षेत्र भन्दा ग्रामिण तथा सिमावर्ति क्षेत्रमा थपिदै गएको तर यसको नियन्त्रण र व्यवस्थापनमा जिल्ला नगरपालिका एवं गाउँपालिका बेखबर छ ।
मासु व्यवसायीहरुले मासु पसललाई सम्बन्धित निकायमा दर्ता नै नगराईकन चोकचोक, बजार र गाउँगाउँमा फुतपाते एवं बाटोको छेउमा एक सानो टंकी राखी मासु विक्री वितरण गरिरहेको पाइएको छ । न छोपिकन राखिएको ति अव्यवस्थित मासु पसलहरुका मासुमा बाटोको धुलो, धुँवा प्रत्यक्ष रुपमा मासुमा टाँसिने गरेको छ भने माखाहरु उत्तिकै भन्किने गरेको प्रत्यक्ष हेर्न सकिन्छ ।
व्यवसायीहरु कुखुरा र खशी भुत्लाएर प्वाँख र रांैहरु त्यहि पसल नजिकै फाल्ने पनि गरेका छन् । यसरी अव्यस्थित तरिकाले बढदो फुत्पाते कुखुरा एवं खशी मासु पसलले बजारहरु त दुर्गन्धित भएकै छन् मासु प्रयोग गर्ने उपभोक्ताहरुको स्वास्थ्यमा पनि नाकारात्मक असर पर्ने गरेको पाल्हीनन्दन गाउँपालिका ३ का निवासी तारिन्द्र बर्माले जानकारी दिए ।
जिल्लाको समदरमुकाम परासी, सुनवल, बेलाटारी, बर्दघाट, त्रिवेणी, महेसपु, बेलासपुर, हकुई, गोपीगंज जस्ता मुख्य बजारहरुमा पनि अव्यवस्थित मासु पसलको बिगबिगी छ । यसरी व्यापक रुपमा बढदो अव्यस्थित र दर्ता नभएको मासु पसललाई कार्वाही त पर जाओस नत्र जिल्लाको ७ वटै स्थानिय तहबाट नत्र अनुगमन भैरहेको छ नत्र गुणस्तर जाँच नै भैरहेको छ । जताततै खोलिएको अव्यस्थित मासु पसललाई कानुनी दायरामा ल्याई एक निशिच्त मापदण्ड तयार गरि व्यवस्थापन गर्न आवश्यक रहेको स्थानियहरुको भनाई छ ।