कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै रामग्राम नगरपालिका कर्मचारी आन्दोलित

0
328


परासी, ३ पुष । देशभरि संगै रामग्राम नगरपालिकाका कर्मचारीहरुले पनि कामकाज ठप्प पारी काटोपट्टी बाँधी विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय तह ट्रड युनियनका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधमा देशभर कामकाज ठप्प पारी आन्दोलनमा होमिने निर्देशनलाई प्लोअप गर्दै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति रामग्राम नगरपालिकाका कर्मचारीहरु पनि नगरपालिकामा विहान १० बजेदेखि १२ बजेसम्म कामकाज ठप्प पारेका हुन् ।

निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा, सुविधाबाट आफूहरुलाई बञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएकोले देशभरीका स्थानीय तहको कर्मचारी संगै रामग्राम नगरपालिकाको कर्मचारीहरु पनि समर्थन जनाउदै आन्दोलनमा उत्रिएको रामग्राम नगरपालिका ईकाई समितिका अध्यक्ष भगौती यादवले जानकारी दिए ।

उनले भने, निजामती कर्मचारीहरु जस्तै सेवा सुविधा सहित हामीहरुलाई पनि समायोजन गर्ने र सर्वोच्च अदालतको २०७४ पुष २१ गतेको फैसलालाई कार्यान्वयन गर्न हाम्रो माग रहेको बताए ।

आन्दोलनरत कर्मचारीहरु विहान १० बजेदेखि १२ बजेसम्म कामकाज ठप्प पारी काटोपट्टि बाँधी विरोध प्रदर्शन गरेका थिए । सरकारले माग सम्बोधन नगरे पुष ११ गतेसम्म नगरपालिकाको कामकाज ठप्प पारी आन्दोलनरत रहने समितिका सचिव संजय कुमार शर्माले जानकारी दिए । कर्मचारी अान्दाेलनका कारण सेवा ग्राहीहरू मर्कामा परेका छ्न्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here