परासी, ३ पुष । एम्नेष्टी ईन्टरनेश्नल नेपाल समुह ३१ परासीले राईट फर राईट अभियान अन्तर्गत मंगलबार परासीको एक विद्यालयमा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ । नवलपरासीको सदरमुकाम परासी तथा रामग्राम नगरपालिका ४ मा संचालित परासी ग्लोरियस हाईस स्कुलमा सो हस्ताक्षर संकलन कार्यक्रम गरिएको हो ।
एम्नेष्टी समुह ३१ परासीको संयोजक बिजय कुमार जायसवालको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा सय भन्दा बढि विद्यार्थीहरुले हस्ताक्षर गरेका थिए । कार्यक्रममा एम्नेष्टीको ईतिहास र राईट फर राईट अभियानका बारेमा विद्यार्थीहरुलाई जानकारी दिदै समाजमा बढदो महिला हिंसा अन्त्य र विश्वभरिमा विभिन्न देशबाट बनाइएको आस्थाका बन्दीहरुको रिलिजका लागि सो हस्ताक्षर संकलन गरिएको विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा समुहका संयोजक विजय कुमार जायसवाल, परासी ग्लोरियस हाई स्कुलका प्रधानाध्यापक घुरहु यादव, एम्नेष्टीका सचिव हुसैन अंसारी, एम्नेष्टीका सदस्य जितेन्द्र गुप्ता, अभिषेक राव लगायतले मानव अधिकारको संरक्षणमा सबै एक जुट भई लाग्न आग्रह गरे ।