परासी, ३ पुष । भारतीय पक्षलेमा गण्डक नहरमा पानी शटडाउन गरेपछि नवलपरासीको गण्डक जल विद्युत केन्द्र सुर्यपुरामा विद्युत उत्पादन शुन्यमा झरेको छ । गण्डक नहर सहित भारतीय नहर मर्मतका लागि भारतीय पक्षले गत कार्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि विद्युत उत्पादन शुन्यमा झरहेको छ ।
बर्षेनी भारतीय पक्षले आफनो नहर सफा गर्नका लागि बर्षमा एक महिनादेखि डेढ महिनासम्म गरि २ पटक पानी बन्द गर्ने गरेको छ तर त्यसले गरेको पानी बन्दबाट पावर हाउसलार्ई करोडौ रुपैया क्षति व्यहोर्न परेको विद्युत केन्द्रले जनाएको छ ।
पुष १ गते भातरीय पक्षले गण्डक नहरमा २ हजार क्युसेक मात्र पानी छोडेको छ जसबाट विद्युत केन्द्रको एउटा पनि टरवाई चल्दैन । एउटा टरवाईन चल्नका लागि नहरमा ५ हजार क्युसेक पानी आवश्यक पर्दछ । केन्द्रका अनुसार नहरमा छोडिएको थोरैपानीले बालुवा सफा गर्नको लागि हो, २/३ दिनपछि नहरमा फुल पानी आउने केन्द्रको विश्वास छ ।
यसरी फुल पानी आउँदासम्म एक महिना पावर आउस बन्द रहने देखिएको छ । प्रतिदिन ३.५ मेगावाट उत्पादन हुने विद्युत २४ घण्टामा ८४ हजार युनिट विद्युत उत्पादन हुन्छ । यसरी एक महिनामा कुल २५ लाख २० हजार युनिट विद्युत उत्पादन हुन्छ । एक महिनासम्म बन्द विद्युत उत्पादनबाट १ करोड ७६ लाख ४० हजार रुपैया केन्द्रलाई घाटा लागेको केन्द्रले जनाएको छ ।
पावर हाउस जिल्लाको प्रतापपुर गाउपालिका ७ सुर्यपुरामा स्थापित छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा ५÷५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । तर टरवाईन नं. १ र २ विग्रेर ध्वस्त भएको छ । टरवाईन नं. ३ बाट ५ मेगावाट विद्युत उत्पादन ठाउँमा नहरमा पानीको कमीले गर्दा प्रतिदिन बढिभन्दा बढि ३.५ मेगावाट मात्र विद्युत उत्पादन हुने गरेको केन्द्रंले जनाएको छ । पावर हाउस मर्मतमा नेपाल सरकारले ध्यान नदिँदा पावर हाउस झनै विग्रिदै गएको छ ।