भारतीय जंगलमा अपलत्र ३ गैडा मध्ये एक गैडालाइ सुस्ताबासीकाे सहयाेगमा निकुन्ज ल्याउन सफल

0
318

सुस्ता, २ पुष । भारतीय जंगलमा अलपत्र ३ नेपाली गैडा मध्ये एक गैडालाइ सकुशल चितवन राष्ट्रिय निकुञ्ज ल्याउन सपफल भइएकाे छ । गत श्रावण बाढीमा बगेर सुस्ता  सिमावर्ती भारतीय जंगल  सिरिसीयामा अलपत्र परेका  ति ३ गैडा मध्ये एक गैडालाइ सुस्ताबासीले घेर्दै सुस्ता भुमीमा ल्याएपछि ३ हाती सहित प्राविधिक टाेली गैडा लिन अाइतबार सुस्ता पुगेका थिए ।

सुस्ताकाे एक उखुबारीमा घेरिएकाे उक्त गैडालाइ हातीले घेर्दै डाट हानेर बेसाेस गरि गैडालाइ नियन्त्रणमा लिइ  निकुन्ज ल्याउन सफल भइएकाे निकुन्जले जनाएकाे छ । गैडालाइ नियन्त्रणमा लिइ डुंगामा लाेड गरि नारायणी नदी वारी ठाडीघाट ल्याएर गाडीमा लाेड गरि  निकुन्ज लगिएकाे सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जयसवालले जानकारी  दिए ।

लामाे समयदेखि भारतीय जंगलमा लुकीछिपी बसेका  ति ३ गैडा मध्ये सुस्ता गाउँ नजिक एक गैडालाइ सुस्ताबासीले देखेपछि निकुन्जलाइ खबर गरेका थिए । मंसिर १७ गते सुस्ता पुगेकाे निकुन्जका प्राविधिक टाेलीले गैडालाइ घेरेर नेपाली भुमी सुस्तामा ल्याउन सल्लाह  दिए अनुसार गैडा घेर्ने क्रममा भारतीय पक्षाले विराेध समेत गरेका थिए ।

केहिदिन पछि सुस्ताबासीले सुस्ता भुमी नजिकै रहेकाे गैडालाइ घेर्दै सुस्ता भुमीमा ल्याएपछि निकुन्जलाइ खबर गरेका थिए । निकुन्जकाे टाेली गैडा लिन ३ हाती र प्राविधिक टाेली सहित सुस्ता पुगी एक गैडाकाे उद्दार गरि निकुन्ज ल्जान सफल भएकाे बताए ।

भारतीय जंगलमा अझै रहेकाे २ नेपाली गैडालाइ नेपाल कसरी फर्काउन सकिन्छ भन्ने विषयमा निकुन्जकाे टाेली दुइ देशकाे उच्च स्तरीय सम्बन्धित निकाय संग छलफल गरिरहेकाे बताइएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here