रामग्राम नगरपालिकामा पनि ट्रेड युनियनका कर्मचारीहरु आन्दोलित

0
242


परासी, १ पुष । देशभरि संग नेपाल नगरपालिका कर्मचारी एसोसिएशन ईकाई समिति रामग्राम नगरपालिकाले विभिन्न माग राख्दै आन्दोलनमा उत्रेको छ । स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको निर्देशनमा कर्मचारी एशोसिएशन समिति रामग्रामका कर्मचारीहरु आज पत्रकार सम्ममेलन मार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रेका हुन् ।

समितिका अध्यक्ष भगौती प्रसाद यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सरकारले समायोजन गर्न लागेको कर्मचारीहरु जस्तै हामीहरुलाई पनि सेवा सुविधा अनुसार समायोजन गर्नु पर्ने र सरकारले २०७४ सालको पुष २१ गतेमा यि मागहरुलाई फैसला गरेर कार्यान्वयनको आदेश गरेकाले यसलाई कार्यान्वयमा ल्याइयोस भनि माग राख्दै आन्दोलनमा उत्रिएको अध्यक्ष यादवले जानकारी दिए ।

सरकारले निजामति कर्मचारीलाई दिने सेवा स्वरुप स्थानिय तहका कर्मचारी जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउपालिका मा कर्यरत अविछिन्न कर्मचारी अस्थायि, करार, ज्यालदारी र समाजिक परीचालकहरु लाई पनि सोही अनरुप सेवा दिन माग राख्दै आन्दोलनमा उत्रेका छन् । सरकारले २०७४ सालको पुष २१ गतेमा यि मागहरुलाई फैसला गरेर कार्यान्वयनको आदेश गरेपनि सरकारले वेवास्ता गरेको भन्दै ति मागहरु लाई पुरा गर्न आज पत्रकार सम्मेलन गर्दै माग गरेका छन् ।

साविक स्थानिय तहका कर्मचारीहरुलाई स्थायित्व गर्दै सेवा निरन्तर गराउन समेत माग राखेका छन् । त्यस्तै सिँहदरबार बाट कर्मचारीहरु लाई बढुवा गरी स्थानिय तहमा पठाउने तर स्थानिय तहमा लामो समय देखि काम गर्दै आएका कर्मचारीहरु लाई कुनै ग्रेड बढुवा तथा सेवा नदिने भन्ने नेपाल नगरपालिका एशोसियसन कर्मचारी एकाई रामग्राम नगरपालिका का अध्यक्ष भगौति प्रसाद यादवले बताउनु भएको छ ।

सरकारले अहिले कर्मचारी समायोज गर्न थालेको छ । त्यस्तै हामिलाई पनि समायोजनको व्यवस्था मिलाउदै अन्य सेवा पनि दिनको लागि आन्दोलित ट्रेड युनियनले माग गरेको छ ।

सर्वोच अदालतले गरेको फैसलाको सम्बोद्धधन गरीयोस र काठमाण्डौ लगायत विभिन्न स्थानिय तहमा फोहर मैला तथा सरसफाईमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभुति नगरी निजि क्षेत्रमा लैजाने निर्णय गरेकोले त्यस लाई तत्काल रोकि सोही क्षेत्रमा कर्मचारीहरुको रोजगारी ग्यारन्टी जस्ता माग राख्दै आन्दोलनमा उत्रेका छन् । माग पुरा नभए सम्म विभिन्न चरण बद्ध आन्दोलन गर्ने युनयिनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here