रमपुरवाँ सहकारीको २०आै बार्षिक साधारण सभा सम्पन्न

0
335

महेसपुर, १ पुष । रमपुरवाँ साना किसान कृषि सहकारी संस्था लिमिटेडको २०आै बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुजिम अंसारीको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो ।

सभामा बार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गरिएको थियो । ९९४ जना सेयर सदस्य रहेको उक्त संस्थाले एक बर्षमा १ करोड ३५ हजार ४६२ रुपैया आम्दानी गरेको छ भने ५५ लाख ९१ हजार ७ रुपैया खर्च गरि ४४ लाख ४४ हजार ४५४ रुपैया खुद मुनाफा गरेको अध्यक्ष मुजिम अंसारीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, पाल्हीनन्दन गाउँपालिका १ वडा अध्यक्ष लल्लन प्रसाद यादव, वडा १ सचिव पारसनाथ बर्मा, अतिथि एवं समाजसेवी महातम विश्वकर्मा, हेमन्त कानु निगम, संजय जयसवाल, हरिबहादुर सहानी लगायतले मन्तब्य राखेका थिए । सभामा बढि बचत गर्ने सेयर सदस्यलाई सम्मान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here