भारत-नेपाल मैत्री पत्रकार संघदारा ठुठीबारीमाअन्तरक्रिया कार्यक्रम सम्पन्न

0
154

महेसपुर,२९ मंसिर । भारत नेपाल मैत्री पत्रकार सघकाे अायाेजनामा अन्तरक्रिया एव बिचार गाेष्ठी अाज भारतकाे ठुठिबारीमा सम्पन्न भएकाे छ । सिमा क्षेत्रमा भईरहेकाे मानव तस्करी ,लागुपदार्थ अाेसारपसार तथा बिभिन्न समस्यालाई मध्य नजर गर्दै नेपाल र भारतका पत्रकार ,सुरक्षाकर्मी ,तथा स्थानियय ब्यापारीहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएकाे संस्थाका बरिस्ठ उपाध्यक्ष पुरुषत्ताेम सुबेदिले जानकारी दिनुभएको छ।

भारत नेपाल मैत्री पत्रकार संघका अध्यक्ष अरुणकुमार बर्माकाे सभापतित्वमा तथा महाराजगन्ज जिल्लाकाे जिल्ला अधिकारी अमरनाथ उपाध्याकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा जिल्ला  समन्वय समिति नवलपरासी काे प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका परासीका मेयर नरेन्द्र कुमार गुप्ता , ठुठिबारी का समाजसेवी उज्वल सिह लगायत ले सिमा भईरहेका समस्यालाई दुबै देश मिलि समस्या समाधान गर्नु पर्नेमा जाेड दिइएका थिए।

कार्यक्रम मा बाेल्दै जिल्ला अधिकारी उपाध्याले नेपाल र भारत बिच राेटिबेटिकाे सम्बन्ध रहेकाेले यसलाई अझ मजबुत बनाउनु पर्ने बताउनु भयाे ।सिमा मा कनै पनि समस्या हुन नदिन सम्पुर्ण भारतिय सुरक्षाकर्मीहरुलाई निर्देशन दिएकाे वहाले भन्नु भयाे ।
कार्यक्रममा नेपालबाट नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,पत्रकार तथा भारतबाट भारतका प्रहरी ,पत्रकार ,ब्यापारमण्डल लगायतका ब्यक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here