आमा झारफुकमा गएको बेला घर जल्यो, तीन बालबालिकाको मृत्यु

दांग २८ मंसिर । दाङको बंगलाचुली गाउँपालिका ८ गुराँसेस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालीकाको मृत्यु भएको छ । नवराज पुनको दुई तले घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए ।

काखे बच्चालाई झारफुक गराउन भनेर आमा घरबाट हिँडेको र बालबालिकाहरु घरभित्रै भएको बेला आगलागी भएको थियो । उनीहरुका बुवा नवराज पुन भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

एसपी पोखरेलले भने, ‘फुसको घर जलेर पूरै खरानी भएको छ । बालबालिकाको अवशेष पनि फेला पार्न सकिएको छैन । घरमा रहेका चौपायाहरु पनि परेका छन् ।’

शव खोज्नका लागि सदरमुकाम घोराहीबाट डिएसपी रामप्रसाद घर्ती नेतृत्वको टोली घटनास्थलमा पठाइएको छ ।

आगलागी भएको खबर पाएलगत्तै नजिकको हाँसिपुर प्रहरी चौकी र स्थानीयबासी भेला भए पनि पानीको स्रोत नहुँदा आगो निभाउन नसकिएको एसपी पोखरेलले बताए ।

आगलागीको कारण खुलेको छैन । स्थानीयबासीले सोलारको ब्याट्री पड्किएर आगो लागेको अनुमान गरेका छन् । प्रहरीले भने आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान जारी रहेको जनाएको छ । (अनलाइन खबर)

Related articles

नेत्र ज्याती संघ नवलपरासीका अध्यक्षमा पुनः मञ्जु कण्डेल निर्वाचित

परासी, १६ कार्तिक । नेपाल नेत्र ज्योती संघ नवलपरासीको अध्यक्षमा पुनः मन्जु कण्डेल निर्विरोध निर्वाचित भएकि छिन् । संघको २९ आंै बार्षिक साधारण सभा तथा ८ आंै अधिवेशनबाट संघका अध्यक्ष मन्जु कण्डेल पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकि हुन् । त्यस्तै कार्यसमिति सदस्यका लागि हरि उपाध्याय, संजय कर्ण, अमरचन्द अग्रवाल, पलकधारी गुप्ता, कृष्ण लामिछाने, गोपाल […]

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

काठमाडाै, २७ असाेज ।  निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *