रामग्राम नगरपालिकाकाे ५ गाउँलाई नमूना गाउँ बनाउने याेजना

0
478

♦गाेपीराम ज्ञवाली–

परासी, २७ मंसिर । नवलपरासीको सबै भन्दा पुरानो नगरपालिका रामग्राम नगरपालिकाले नगरभित्रका पाँँच गाउँहरुलाई नमुना गाउँको रुपमा विकास गर्ने भएको छ। रामग्राम नगरपालिकाका वार्ड नम्बर ७ को उजैनी, वार्ड नम्बर ९ को जाकवार, वडा नम्बर १० को लकवा एवं वार्ड नम्बर १२ को कुनवार गाउँलाई आगामी दुई वर्ष भित्रमा नमुना गाउँको रुपमा विकास गर्ने गरि काम शुरु गरिसकिएको रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ताले बताए ।

प्रमुख गुप्ताका अनुसार नमुना गाउँको रुपमा विकास गर्ने यी पाँच वटा गाउँहरुमा उच्च स्तरिय पक्की सडक, गाउँमा बन्ने सबै सडक छेउमा ढल निकासका लागि नालाको व्यवस्था, विद्युतीकरण, खानेपानी, ईन्टरनेट, शौचालय एवंं सार्वजनिक स्थानमा यथेस्ट हरियालीको व्यवस्था गरि नगरपालिका भित्रका यी पाँच गाउँहरुलाई यस क्षेत्रकै नमुना गाउँको रुपमा विकास गर्नका लागि काम ठेक्का प्रकृयामा गई सकेको बताईएको छ । जिल्लाको मात्र होईन देशकै नमुना गाउँको रुपमा परिचय बन्ने गरि रामग्राम नगरपालिकाले नमुना गाउँको विकास कार्यका लागि बढाएको नगर कार्यालयले जनाएको छ ।

नमुना गाउँको सडक, ढल र पार्क निर्माण सम्पन्नका लागि दिया एम के जेवि निर्माण कम्पनीलाई ३५ करोड रुपैयाँमा ठेक्का दिई सकेकोे नगरकार्यालयले जनाएको छ ।

२०७७ असार मसान्त भित्र काम सम्पन्न हुने गरि भौतिक निर्माण कार्य शुरु गरेको छ । यस ठेकेदार कम्पनीले नमुना गाउँको रुपमा विकास गरिने पाँच गाउँहरु उजैनि, जोकवार, रानीपाकड, लकवा एवं कुनवारमा विभिन्न प्रकारका सडकहरुको निर्माण शुरु गरि सकेको ठेकेदार कम्पनी दिया एम के जेवि निर्माण कम्पनीका सहायक ईन्चार्ज गम बहादुर गुरुङले बताए।

साढे चार मिटर देखि सात मिटर चौडार्ई सम्मका विभिन्न सडकहरुको निर्माण, विस्तार एवं मर्मतको काम शुरु गरिएको छ ।
यसै आर्थिक वर्षको मंसिर देखि काम शुरु गरेको ठेकेदार कम्पनीले आगामी दुई वर्ष भित्र नमुना गाउँ भित्रका साना ठुला गरी करिब एक दर्जन सडकहरु निर्र्माण गर्ने छ । सडक विस्तार र निर्माण नमुना गाउँका सम्पूर्ण क्षेत्रमा सडक बत्तीको समेत व्यवस्था गरिएको बताईएको छ ।
यसै गरि नमुना गाउँको ठाउँ ठाउँमा खानेपानी, प्रतिक्षालय एवं चौताराहरुको निर्माणले नमुना गाउँ साच्चै नमुना बनाउने योजनाका साथ काम शुरु गरिएको बताईएको छ ।

यसमा लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारको शहरी विकास मन्त्रालयको रहेको नगरप्रमुख नरेन्द्र गुप्ताले बताए।
नगरप्रमुख गुप्ताका अनुसार रामग्राम नगरपालिकामा शहरी विकास मन्त्रालयको रकमबाट संचालित दुई वटा शहरी सडक विस्तार, परासीको साप्ताहिक हाटबजार र नमुना गाउँ विकास गरि चार वटा परियोजनाहरु संचालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here