काठमाडौं, २७ मंसिर । अवैध भारतीय रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय पर्साले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
भारतको रक्सौलबाट वीरगञ्ज हुँदै एक लाख ७० हजार भारूसहित नेपाल प्रवेश गरेको सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ ईनर्वाबाट भारतको बिहार मोतिहारीको चैलाहा थाना- ९ का महमद मैनुल कहलाई पक्राउ गरेको हो ।