बालिका बलात्कारको आरोपमा एक पक्राउ

0
304

नवलपुर, २५ मंसिर । नवलपुरको कावासोतीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय ११ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा कावासोती ३ निवासी ३६ वर्षीय ओमराज श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

सोमबार राति ८ बजेतिर बालिकाको घरमै गएर श्रेष्ठले बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएका छन् । श्रेष्ठले भने बलात्कार नगरेको तर बलात्कारको प्रयास गरेको स्वीकारेका छन् । श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । (नारायणाी अनलाइन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here